१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

मन्त्रिमण्डल पुनर्गठनबारे ओली–दाहाल छलफल

फाइल तस्बिर:नागिरक

काठमाडौं – सरकारको कामलाई कसरी गति दिने भन्ने विषयमा प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको छ। पार्टी महासचिव विष्णु पौडेलसमेतको उपस्थितमा प्रधानमन्त्री ओलीले आइतबार लामो छलफल गरेका हुन्।

मन्त्रिमण्डल पुर्नगठन गर्ने विषयमा छलफल गरेका दुई अध्यक्ष ओली र दाहाल स्थायी कमिटी बैठक बोलाउने तथा उपनिर्वाचनको विषयमा पनि छलफल गरेका छन्। बालुवाटार निकट स्रोतका अनुसार आइतबारको भेटघाटमा दुई अध्यक्षका अतिरिक्त सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा र पार्टी महासचिव विष्णु पौडेल पनि सहभागी थिए।

सरकारको कामलाई द्रूतगतिमा अघि बढाउने विषयमा प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष दाहालसँग कुराकानी गरेका थिए। सरकारको काम कारबाहीमा ढिला सुस्ती भएकोमा सर्वसाधारणले प्रश्न उठाइरहेका बेला प्रधानमन्त्री ओलीले सरकारको काम कारबाही चुस्त दुरुस्त बनाउन केही मन्त्री परिवर्तन गर्ने संकेत गरिसकेका छन्। ‘आइतबार दुई अध्यक्षबीचको भेटघाट पनि मन्त्री परिर्वतन र विकास निर्माणका केही आयोजनाबारे छलफल भएको हो,’ बालुवाटारनिकट स्रोतले भन्यो। प्रधानमन्त्री ओलीले सल्लाहकारको राजीनामा मागेसँगै मन्त्रिमण्डल पुनगर्ठनको तयारी भएको छ। केही मन्त्रीले काम गर्न नसकेको भन्दै यसअघिको चौमासिक समीक्षामा समेत प्रधानमन्त्रीले असन्तुष्टि व्यक्त गरेका थिए। त्यतिबेलादेखि नै प्रधानमन्त्रीले मन्त्रीहरू परिवर्तन गर्न चाहेका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले साना–मसिना काममा अल्झिएर राष्ट्रिय गौरवका आयोजना पूरा गर्न आलटाल गरे विभागीय मन्त्रीलाई पदबाट हटाउने चेतावनी दिएका छन्। प्रधानमन्त्री ओलीले असोजमा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा साउनयता सरकारका विभिन्न मन्त्रालयबाट भएका कामको प्रगति विवरण जानकारी लिने क्रममा योजनाअनुसार काम नगर्ने÷नगराउने मन्त्रीहरूलाई हटाउने चेतावनी दिएका थिए। प्रधानमन्त्री ओलीले सामाजिक, आर्थिक विकासमा प्रभाव पार्नेगरी केही मन्त्रालयले काम गर्न नसकेको भन्दै असन्तुष्टि पनि पोखे। उनले कामको समीक्षा गर्दै देश र जनताको चाहनाअनुसार ल्याइएका योजना समयमै सम्पन्न गर्नेतिर लाग्न मन्त्रीहरूलाई निर्देशन दिएका थिए।

प्रकाशित: २५ कार्तिक २०७६ ०३:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App