१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

गलौदीमा मध्यमाञ्चल स्तरीय छनोट

धादिङ- सातौं राष्ट्रिय भलिवल प्रतियोगिताको छनौट खेल सोमबारबाट धादिङको गलौदीमा सुरु भएको छ। आगामी पुषमा पुर्वाञ्चलमा हुन लागेको सातौ राष्ट्रिय खेलकुदका लागि मध्यमाञ्चलबाट एक टिम पुरुष तर्फको भलिवल खेलाडी छान्न लागिएको हो। प्रतियोगितामा मध्यमाञ्चल क्षेत्रका १९ जिल्लाबाट १९ टिम सहभागी छन्।

सोमबारबाट मंसिर २६ गतेसम्म संचालन हुने प्रतियोगिताको पूर्व स्थानीय विकास मन्त्री एवं्सांसद राजेन्द्रप्रसाद पाण्डे र सांसद गुरुप्रसाद बुुर्लाकोटीले संयुक्त रुपमा उद्घाटन गरे। लिग कम नकआउट आधारमा भएको प्रतियोगिताबाट पूर्वाञ्चलमा हुने राष्ट्रिय खेलका लागि १० जना खेलाडी छानिने छन्।

सोमबार भएको खेलमा रामेछाप र रौतहटबीचको प्रतिपर्धामा रामेछापले जितेको छ। काभ्रे र नुवाकोटका बीचमा भएको खेलमा काभ्रेले र सिन्धुपाल्चोक र धनुषाबीच भएको खेलमा सिन्धुपाल्चोकले जितेको छ।

प्रकाशित: २१ मंसिर २०७३ ०४:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App