१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

उपनिर्वाचनः उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुँदै

फाइल फोटाे

काठमाडौं– निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनको उम्मेदवारको अन्तिम नामावली आज प्रकाशित गर्ने भएको छ। निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनमा उम्मेदवारी दिएका राजनीतिक दलका उम्मेदवारहरुको अन्तिम नामावली आइतबार दिउँसो ३ बजेदेखि ५ बजेसम्म प्रकाशित गर्ने कार्यक्रम रहेको जानकारी दिए।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गत कार्तिक २१ गते ६५ जनाले उम्मेदवारी दिएका छन्। उनीहरुको अन्तिम नामावली आज अपरान्ह ५ बजेसम्म प्रकाशित हुने निर्वाचन आयोगले जनाएको छ। प्रवक्ता श्रेष्ठले भोली (सोमबार) बिहान ११ गतेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको बताए। यता, स्थानीय तहको निर्वाचनका लागि भने आगामी कार्तिक २७ गते बुधबार विहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवार मनोनयन हुनेछ।

आयोगले सो उपनिर्वाचनका लागि मतदाता शिक्षा कार्यक्रम भने मंसिर ५ गतेदेखि ११ गतेसम्म संचालन गर्दैछ। आयोगका प्रवक्ता श्रेष्ठका अनुसार मतदाता शिक्षाका लागि प्रत्येक वडामा २ जना मतदाता शिक्षा कार्यकर्ता परिचालन गरिनेछ। नमुना मतदानसमेत गरेर सो उपनिर्वाचनको मतदाता शिक्षा कार्यक्रम संचालन गर्ने आयोगको तयारी छ।

आगामी मंसीर १४ गते रिक्त रहेका प्रतिनिधिसभा सदस्य–१, प्रदेशसभा सदस्य–३ तथा स्थानीय तहहरु समेत गरेर ३७ जिल्लाको ५२ स्थानमा उपनिर्वाचन हुँदैछ। निर्वाचन आयोगले सो उपनिर्वाचनमा आ–आफ्नो मतदाता परिचयपत्र लिएर भाग लिन पनि मतदाताहरुलाई आह्वान पनि गरिसकेको छ।

प्रकाशित: २४ कार्तिक २०७६ ०८:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App