१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

भारतले सिमाना मिचेको भन्दै म्याङलुङमा जुलुस

भारतले सिमाना मिचेको भन्दै  म्याङलुङमा विधार्थीले निकालेको जुलुस । तस्बिरः नागरिक

तेह्रथुम– भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको कालापानी क्षेत्रभित्र राखेपछि यसप्रति देशभर विरोध भईरहेको बेला तेह्रथुमका बिद्यार्थीहरुले विरोध जनाएका छन्।

सदरमुकाम म्याङलुङ बजारमा रहेको अन्नपुर्ण र्बोिर्डङ स्कुल र सिंहबाहीनीमाबीको अगुवाईमा शुक्रबार निकालिएको विरोध ¥यालीले बजार परिक्रमा गर्दै शिक्षक र सरोकारवालाहरुले भारतको चर्को विरोध गरेको प्रिन्सीपल गजेन्द्र कन्दङवाले बताए। प्रदर्शनका क्रममा विद्यार्थीहरुले भारत विरोधी प्ले कार्डको साथमा चर्को नारा समेत लगाएका थिए।

कार्यक्रममा नेकपाका जिल्ला सदस्य कृष्ण चोङवाङ, युवा नेता अर्जुन ढुङ्गाना, पत्रकार महासंघका केन्द्रिय सदस्य उद्धव तिम्सिनालगायतले भारतको नयाँ नक्साले नेपालको भूभाग अतिक्रमण गरेको भन्दै चर्काे विरोध गरेका थिए। केही दिनअघि भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपालका कालापानी, लिपुलेक, लिम्पियाधुरालाई समेत राखिएको छ। सरकारले आधिकारिक रुपमा नक्शालाई नमान्ने भनिसकेको छ।

प्रकाशित: २२ कार्तिक २०७६ १३:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App