१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

४ दिन हिँडेर अाएका बाराबासीले प्रधानमन्त्रीलाई दिए १ रुपैयाँ !

काठमाडौं– काठमाडौं-निजगढ द्रूतमार्ग (फास्टट्रयाक) निर्माण गतिमा अघि वढाउन दवाव दिने उदेश्यले बाराका युवाहरुले निजगढबाट काठमाडौंसम्म ४ दिन पैदलयात्रा गरी प्रधानमन्त्रीलाई ज्ञापनपत्रसहित रु १ का दरले नागरिक सहयोग रकम बुझाएका छन्।

तीन दशक अघिदेखि चर्चामा रहेका योजनाहरु अहिलेसम्म पूरा हुन नसकेकाले काठमाडौंलाई झक्झक्याउन मंसिर १७ गतेदेखि २० गतेसम्म बरादेखि काठमाडौंसम्म पैदलयात्रा गरिएको अभियानका संयोजक रविराज दङ्गालले जानकारी दिए।

दंगालको संयोजकत्वमा गठित फास्टट्रयाक एयरपोर्ट निर्माण संघर्ष समितिले नागरिकहरुबाट संकलित एक लाख हस्ताक्षरसहित रु. १ का दरले संकलित एकमुष्ट ५५ हजार रूपैयाँ नगद सांकेतिक दबाब स्वरूप बुझाएका हुन्।

जुझारु युवाहरूको यो अभियानलाई स्थानीय राजनीतिक दल, उद्योगी, ब्यवसायी र जनताले स्वतस्फूर्त सहयोग गरेका थिए। अभियन्ताहरुले निजगढसहित बारा, पर्सा र रौतहट जिल्लाका विभिन्न स्थानमा जनताका घरदैलोमा पुगी हस्ताक्षर संकलन गरेका थिए।

अभियन्ताहरुले सबै पार्टीका शीर्ष नेताहरूलाई पनि ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेक‍ो संयोजक दंगालले बताए ।

प्रकाशित: २० मंसिर २०७३ ११:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App