१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

वडा कार्यालयको मोटरसाइकलले ठक्कर दिँदा दुई बालक घाइते

मोटरसाईकलको ठक्करले घाइते भएका दुई बालक। तस्विर : नागरिक

डडेल्धुरा- वडा कार्यालयको मोटरसाइकलको ठक्करबाट दुई बालक घाईते भएका छन्। भित्रिमधेश जोगबुडाको परशुराम नगरपालिका–९ गाइबाँधेको कुयापानीमा मोटरसाइकलले ठक्कर दिँदा दुई बालक घाइते भएका हुन्।

परशुराम नगरपालिका–८ को कार्यालय जमरानीको नाममा रहेको म १ ब ३०८ नम्बरको मोटरसाइकलले शुक्रबार बिहान पौने १० बजे ठक्कर दिँदा ६ बर्षियद्धय प्रदिप बोहरा र विकास बोहरा घाइते भएका हुन्।

जोगबुडाबाट जमरानी तर्फ जाँदै गरेका जमरानी बर्थिङ सेन्टरका अहेव रमेश बोहराले चलाई रहेको मोटरसाइकलले बालकहरुलाई ठक्कर दिएको ईलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ। सहश्रलिङ्ग इङ्गलिस बोर्डिङ स्कुलमा अध्ययनरत दुबै बालकहरुलाई विद्यालय जानेक्रममा ठक्कर दिएको घाइतेका आफन्तले बताए।

घाइते प्रदिप एल.के.जी र विकास यु.के.जीमा अध्ययनरत विद्यार्थी हुन्। दुबै जनाको देब्रे आँखामा चोट लागेको छ। घाइते विकासले भने वान्ता गरिरहेको जोगबुडा अस्पतालका डा.विकास घिमिरेले जानकारी दिएका छन्।

जोगबुडा अस्पतालमा सामान्य उपचारपछि घाइते बालकहरुलाई थप उपचारका लागी सेती प्रादेशिक अस्पताल रिफर गरिएको छ।

 

 

 

 

 

प्रकाशित: २२ कार्तिक २०७६ १०:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App