१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सर्लाहीको हरिवनमा डेंगुको त्रास

सन्ताेष सिंह

सर्लाही–सर्लाहीको हरिवन नगरपालिकामा डेंगुका बिरामी भेटिन थालेपछि स्थानीय त्रसित भएका छन्। हरिवन–११ नम्बर वडाबाट  डेंगु आसपासका वडा नम्बर ३, ७ र ८ एक महिना यता फैलिएपछि सर्वसधारण त्रसित भएका हुन। जिल्ला स्वास्थ्य कार्यालय र सम्बन्धित निकाय डेंगु प्रभावित क्षेत्रमा अनुगमनपछि रोकथामकालागि कुनै पहल नगरेपछि सर्वसधारण त्रसित भएका हुन्।

डेंगु संक्रमितको संख्या दिन दिनै बढ्दै गएपनि सम्बधिन्त निकाय मौन बस्दा सर्वसधारण त्रसित भएको नेकपा एमाले हरिवन नगर अध्यक्ष चुडामणि वाग्लेले बताए। ‘स्वास्थ्य कार्यालयका कर्मचारी डेंगु प्रभावित क्षेत्रको अनुगमन गरेपनि रोकथाम तथा डेंगुबाट बच्न कुनै पहल गरेको छैन,’ वाग्लेले भने,‘स्थानीय प्रशासन र स्वास्थ्यका कर्मचारीको लपारवाहीका कारण जोखिम क्षेत्रका संक्रमितको ज्यान जोखिममा रहेको छ।’

हरिवनका १ सय ५० जना भन्दा बढी टेकुस्थित अस्पतालमा उपचारकालागि पुगेको वाग्ले बताए । स्थानीयका अनुसार ५० जना भन्दा बढी अझै टेकुस्थित अस्पतालमा उपचार गराउँदै छ। हरिवन स्वास्थ्य चौकीमा डेंगु जाच्ने किट राखिएको भएपनि दक्षजनशक्ति नहुदा प्रभावकारी नभएको स्थानीयले बताए।  

सर्लाहीको हरिवनमा हालसम्म ८ जना डेंगुको संक्रमितले उपचार गराएर घर फर्केको जिल्ला स्वाथ्य कार्यालय सर्लाहीका जनस्वास्थ्य अधिकृत प्रभाकर झाले बताए। स्वास्थ्य कार्यालयको तथ्यांक कमै छ, तर स्थानीय त्रसित भएको, जनस्वास्थ्य निरीक्षक झाले भने,‘समान्य ज्वरो आउदा पनि स्थानीय डेंगुको जाँच गराउन टेकु पुग्ने गरेका छन्।’  स्वास्थ्य कार्यालय प्रभावित क्षेत्रको अनुगमन गरी चेतनामुलक कार्यक्रम गरेपनि सर्वसधारण सचेत नभएको झाले बताए ।  पानी जम्ने खाल्डा प्रयाप्त रहेका कारण हरिवनमा डेंगुको खतरा बढेको उनले बताए ।

 

 

प्रकाशित: २० मंसिर २०७३ ११:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App