उपनिर्वाचन २०७६ : उम्मेदवारका आ–आफ्नै दाबी

शुक्रबार, २२ कार्तिक २०७६, १५ : ०८ नागरिक

बाँके- कहीँकतै पार्टीका झण्डा टाँगिएका छन्। तर, हुलमुलमा चुनावी प्रचार गर्न कोही निस्किएका छैनन्। यद्यपि उपनिर्वाचन हुने कोहलपुर नगरपालिका–६ मा भित्रभित्रै चुनावी चहलपहल तीव्र बनेको छ।

विसं २०७४ को स्थानीय तह निर्वाचनमा काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्षको मृत्यु भएपछि रिक्त रहेको सो वडामा आगामी मङ्सिर १४ मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ। तीन दलले आफ्ना उम्मेदवार छनोट गरिसकेका छन्। मनोनयन दर्ता हुँदासम्म अन्य साना दलले पनि उम्मेदवारी दिने तयारी गरिरहेका छन्।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काङ्ग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले उम्मेदवार छनोट गरिसकेका छन्। नेकपाबाट रामशरण थारू, काङ्ग्रेसबाट श्रीकृष्ण थारू र राप्रपाबाट पत्रकारसमेत रहेका श्रीधर सुवेदी उम्मेदवारका रूपमा चुनावी मैदानमा छन्। उम्मेदवारी टुङ्ग्याइसक्दा यी तीनवटै दल अझै भड्किलो प्रचारमा भने उत्रिएका छैनन्।

उम्मेदवार छनोट गरिसकेका तीन दलले आन्तरिक प्रचारलाई भने तीव्र बनाएका छन्। उम्मेदवारले मतदातासँग व्यक्तिगत भेटघाट गरिरहेका जनाइएको छ। नेकपाका उम्मेदवार रामशरणले अहिले व्यक्तिगतरुपमा भेटघाट चलिरहेको बताए। काङ्ग्रेस उम्मेदवार श्रीकृष्णले भने, 'अहिले व्यक्तिगत गरिरहेको छु, मनोनयनपछि सामूहिकरूपमा भेटघाटका कार्यक्रम तय गरेका छौँ।' नेकपा र काङ्ग्रेसका उम्मेदवारजस्तै राप्रपाका उम्मदवार पनि मतदाताको घरदैलोमा पुगिरहेका छन्।

नेकपाका उम्मेदवार रामशरणले गत निर्वाचनमा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले ल्याएको मतअनुसार नेकपा अगाडि रहेको बताए। उनले भने, 'गत निर्वाचनको मत परिणाम हेर्ने हो भने हामी अहिले धेरै अगाडि छौँ, हाम्रो जीत सुनिश्चित छ।'

यसअघि सहजै निर्वाचन जितेको क्षेत्रमा अहिले पनि आफू सुरक्षित रहेको काङ्ग्रेस उम्मेदवार श्रीकृष्णको दाबी छ। प्रमुख दुई दलले थारू समुदायबाट उम्मेदवार बनाएपछि थारू मत विभाजित हुने र आफूले निर्वाचन जित्ने राप्रपाका उम्मेदवार सुवेदीको दाबी छ।

दुई हजार २६ मतदाता
उक्त वडामा हुने वडाध्यक्ष पदको उपनिर्वाचनका लागि दुई हजार २६ मतदाता रहेका छन्। अघिल्लो निर्वाचनमा एक हजार ९६४ मतदाता रहेकामा हाल बढेर मतदाताको सङ्ख्या दुई हजार २६ पुगेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख खुमप्रसाद सुवेदीले जानकारी दिए। उनका अनुसार, वडा नं ६ को उपनिर्वाचनमा एउटा मतदानस्थल हुनेछ भने दुई मतदान केन्द्र तोकिएका छन्।

पहिलो मतदान केन्द्रमा एक हजार २६ र दोस्रो मतदान केन्द्रमा एक हजार मतदाताले मतदान गर्ने उनले बताए। सो वडामा कूल जनसङ्ख्या तीन हजार १५२ छ। यस जिल्लामा एउटा पदका लागि मात्र हुने उपनिर्वाचनको तयारीका लागि कोहलपुर नगर विकास समितिको कार्यालय रहेको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।

आगामी मङ्सिर १४ गते हुने कोहलपुर नगरपालिका–६ को वडाध्यक्ष पदको उपनिर्वाचनका लागि बाँके जिल्ला अदालतका न्यायाधीश खडानन्द तिवारी मुख्य निर्वाचन अधिकृत तोकिएका छन्।







यसमा तपाईको मत

अन्य समाचार

जाडोका लागि सिजीको घरायसी सामग्री

जाडोका लागि सिजीको घरायसी सामग्री

इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले नजिकिँदो जाडोलाई लक्षित गरी विभिन्न किसिमका घरायसी सामग्री बजारमा ल्याएको छ । ...

मन जित्दै सिटिजन शुभारम्भ जीवनबिमा योजना

मन जित्दै सिटिजन शुभारम्भ जीवनबिमा योजना

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सञ्चालनमा ल्याएको सिटिजन शुभारम्भ जीवन बिमा योजनाले प्रचलनमा आएको केही दिनमै मन जित्न सफल भएको कम्पनीले...

सोल्टीमा पंजाबी फूड फेस्ट (भिडियो)

सोल्टीमा पंजाबी फूड फेस्ट (भिडियो)

फूड फेस्टिवलमा परम्परागत पंजाबी खाना सस्तो मूल्यमा शाकाहारी र मांसाहारी दुवै उपलब्ध छन् जुन सबै पंजाबको राजमार्ग ढाबाबाट प्रेरित छन्।

दमौलीमा खुल्यो जेसीबीको नयाँ आउटलेट

दमौलीमा खुल्यो जेसीबीको नयाँ आउटलेट

नेपालको लागि जेसीबी ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले तनहुँको दमौलीमा आफ्नो ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ)...

अब सुजुकीको ‘एस–प्रेसो’ नेपालमा (भिडियो )

अब सुजुकीको ‘एस–प्रेसो’ नेपालमा (भिडियो )

नेपालका लागि सुजुकी ‘फोर–ह्विलर’ तथा सिजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाली बजारमा बहुप्रतिक्षित मिनी एसयुभी ‘एस–प्रेसो’, ‘माई फस्र्ट एसयुभी’...

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

टिकटकको डाउनलोड संख्या १ अर्ब ५० करोड पुगेको छ! ...

“शिवम् कृति समारोह २०७६” सम्पन्न

“शिवम् कृति समारोह २०७६” सम्पन्न

शिवम् सिमेन्टस लि.ले “शिवम् कृति समारोह २०७६” भव्यरुपमा सम्पन्न गरेको छ । ...

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टले आइतबार टेलिभिजनको लागि कमर्सियल (विज्ञापन) को अवधारणाको प्रतियोगिता सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad