१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कम्प्युटर अपरेटरलाई लेखा अधिकृतको जिम्मेवारी

बारा– अख्तियार दुरुपयोग अनुसन्धान आयोग र स्थानीय विकास मन्त्रालयले दिएको निर्देशन विपरीत जिल्ला विकास समिति बाराले कम्प्युटर अपरेटरमा नियुक्त गरेका एक कर्मचारीलाई हाल लेखा अधिकृतको जिम्मेवारी दिइएको छ।

कम्प्युटर अपरेटरको पदमा नियुक्त गरिएका प्रेमबावुप्रसाद पटेललाई जिबिसले स्थानीय स्वायत शासन नियमवाली बिपरीत बढुवा गरी अहिले लेखा अधिकृतको जिम्मेवारी दिएको जिविसका कर्मचारीहरुले गुनासो गरेका छन्।  

कम्प्युटर अपरेटर (प्रविधिक सहायकस्तरको) पद भएकोले  स्थानीय स्वायत्त शासन ऐन २०५५ तथा नियमवाली २०५६ को नियम २१३ र २१५ अनुसार सो पदमा नियुक्ती गरिएको कर्मचारीको पद परिर्वन गर्न नमिल्ने नियम रहेको छ।

सोही नियमको अधारमा प्रविधिक पदमा नियुक्त गरिएको कर्मचारीको पद स्थानीय नियकायको वोर्डबाट परिर्वन गर्न नसकिने वा कुनै कर्मचारीको पद परिर्वतन गरिएको भए त्यसलाई कार्यवायन नगर्न जिल्ला विकास समिति बारालगाएतका अन्य स्थानीय निकायकहरुमा अख्तियारको निर्देशनमा स्थानीय विकास मन्त्रालयले २०७३ असार २० गते पत्रचार गरी निर्देशन गरेको थियो।

माथिलो निकायबाट पद परिर्वन गरिएको कर्मचारीलाई पुरानै पदमा खटाउने निर्देशन आए पनि जिविसले आर्थिक प्रभावमा परी त्यसको कार्यवन्यन नगरेको बुझिएको छ।

बाराका स्थानीय विकास अधिकरी भरतप्रसाद ढुंगानाले पटेललाई कम्प्युटर अपरेटरको पद परिर्वन गरेर लेखा अधिकृतको जिम्मेवारी दिइएकोमा केही कर्मचारीहरु त्यसको विरोधमा रहेको बताए।

ढुंगानाले अख्तियार र स्थानीय विकास मन्त्रालयबाट आएको निर्देशनभन्दा पहिला नै पटेलको पद परिर्वन गरी लेखा शाखामा लगिएकोले त्यसमा केही गर्न नसकिने तर्क गरे।

अख्तियार र स्थानीय विकास मन्त्रालयबाट आएको निर्देशन कार्यन्वयन गर्नुको साटो केही जिविसका केही अधिकृतहरु र राजनितिक दलका नेताहरुले आर्थिक प्रभावमा परी लेखा सम्बन्धी अध्ययन नै नगरेका पटेललाई लेखा अधिकृतको जिम्म्ोवारी दिइएको छ।

राजनीतिक दवावमा शुरुमै कम्प्युटर अपरेटरम नियुक्त गरीएको बेला पटेलले जिविस बारामा आईएसी पास पास गरेको  शैक्षिक प्रमाणपत्रहरु पेश गर्दा त्यो शैक्षिक प्रमाणपत्रहरु भारतबाट ल्याइएको नक्कली रहेका भन्देै त्यसको छानबिन अख्तियारले समेत गरेको अवस्था छ।

२०५८ पुस १८ गते कम्प्युटर अपरेटर पदमा नियुक्त गरिएका पटेलको पदलाई २०७१ असोजबाट जिल्ला विकास समिति बाराले लेखापालमा गैर कानुनी रुपले परिवर्तन गरेको थियो।

सिरहा नगरपालिकाको कार्यालयमा कार्यरत  रहेका लेखापाल सुनिलकुमार यादव खरिदर (प्रविधिक सहायकस्तर चौथो) पदबाट सहलेखापालमा गरिएको पद परिर्वतन कानुन विपरीत रहेको भन्दै अख्तियार र स्थानीय विकास मन्त्रालयले यादवलाई कारावाही गरी शु्रुमा नियुक्त गरीएकै पदमा राख्न सिरहा नगरपालिकाको साथ साथै देशभरकै स्थानीय निकायहरुलाई निर्देशन गरेको अवस्था छ।

स्थानीय विकास मन्त्रालयबाट आएको निर्देशनपछि पद परिवर्तन गरिएको कतिपय कर्मचारीलाई शुरुमै नियुक्ती गरिएको पदमा खटाईए पनि जिबिस बाराले अटेरी गर्दै आएको छ।

 

प्रकाशित: २० मंसिर २०७३ १०:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App