१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

एर्दोगानलाई अमेरिका भ्रमणको निम्तो

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान

वासिङ्टन (एजेन्सी) – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को साता टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले वासिङ्टनको भ्रमण गर्ने बताएका छन्।

दुवै मुलुकबीच पछिल्लो समय बढेको तिक्तता र कूटनीतिक सम्बन्धमा आएको चिसोपनका कारण टर्कीका राष्ट्रपतिको अमेरिका भ्रमणमा अन्यौल बढेको थियो।

अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार ट्विट गर्दै टर्कीका राष्ट्रपतिसँग टेलिफोनमा निकै राम्रो छलफल भएको जानकारी दिएका छन्। उनले ह्वाइट हाउसमा एर्दोगानसँग आगामी नोभेम्बर १३ मा भेटवार्ता हुने पनि बताएका छन्।

‘सिरियासँगको सीमा, आतंकवादको निर्मूलन, कुर्दसँगको तनाब समाप्ति तथा अरु धेरै विषयमा हामीबीच भलाकुसारी भए,’ ट्रम्पले ट्विट गरेका छन्। उनले उत्तरी सिरियामा उत्पन्न गतिरोधका कारण त्यस क्षेत्रमा बन्दी बनाइएका इस्लामिक स्टेट्सका केही लडाकु भागे पनि उनीहरुलाई पुनःपक्राउ गरिएको टर्कीका राष्ट्रपति एर्दोगानले जानकारी गराएको पनि जिकिर गरेका छन्।

टर्कीले सिरियाभित्र प्रवेश गरी आक्रमण गरेपछि टर्कीविरुद्ध आर्थिक नाकाबन्दी लगाउने भन्दै अमेरिकी संसद्ले विधेयक पारित गरेपछि टर्कीका राष्ट्रपतिले अमेरिका भ्रमण गर्ने वा नगर्ने भनेर अन्यौल बढेको थियो।

प्रकाशित: २२ कार्तिक २०७६ ०१:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App