१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मकवानपुरमा आपत्कालीन विमानस्थल बनाइने

हेटौँड- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्रबहादुर बानियाँले देशभित्र रहेका विभिन्न पीठको संरक्षण र प्रवद्र्धन गरेर धार्मिक पर्यटक भित्र्याइने बताएका छन्।
नारायणी यातायात व्यवसायी सङ्घ र निर्माण व्यवसायी सङ्घले आज आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले पशुपतिनाथ र लुम्बिनीलाई मात्र नहेरी ओझेलमा परेका पीठको संरक्षण र विकासमा विशेष भूमिका निर्वाह गरिने प्रतिबद्धता व्यक्त गरे।

मकवानपुरमा आपत्कालीन विमानस्थल बनाउन उपयुक्त रहेकाले सम्भाव्यता अध्ययनका लागि छिट्टै प्राविधिक टोली खटाइने जानकारी उनले दिए। रासस

प्रकाशित: २० मंसिर २०७३ ०८:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App