१५ वैशाख २०८१ शनिबार
image/svg+xml
प्रवास

एनआरनएको प्रवक्तामा डिबी क्षेत्री

लण्डन– गैर आवसीय नेपाली संघ (एनआरनए) को प्रवक्तामा डिबी क्षेत्री मनोनित भएका छन्। यसअघि संघको सचिवको रुपमा जिम्मेवारी समालेका क्षेत्रीलाई बुधवार सम्पन्न पदाधिकारी बैठकले प्रवक्तामा नियुक्त गरेको संघका महासचिव डा. हेमराज शर्मा  जानकारी दिए।

संघको विद्यानमा अध्यक्षको प्रस्तावमा प्रवक्ता मनोनित हुने प्रावधान छ। बैठकले अध्यक्ष कुमार पन्तको निर्णयलाई अनुमोदन गरेको हो।

ओमनको मस्कटमा व्यवसाय गर्दै आएका क्षेत्री २००९ बाट गैरआवासीय नेपाली संघको गतिविधिमा संग्लन भएका क्षेत्री एनआरएनए ओमनको अध्यक्ष, मध्य पूर्व संयोजक हुँदै प्रवक्तामा मनोनित भएका हुन्।

गत महिना काठमाण्डौंमा सम्पन्न नवौं विश्व सम्मेलनको लागि महासचिव पदमा उम्मेदवारी घोषणा गरेका क्षेत्रीले सहमतिमा आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए। 

प्रकाशित: २१ कार्तिक २०७६ ०६:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App