‘दिल्लीमा सुटिङ गर्न निकै मुश्किल छ’

बिहिबार, २१ कार्तिक २०७६, ०८ : २५ नागरिक

नया दिल्ली – नायिका प्रियंका चोपडाको एउटा इन्स्टाग्राम पोष्टले अहिले चर्चा पाइरहेको छ। प्रियंका भारतको राजधानी नयाँ दिल्लीमा बढेको प्रदुषणले दिक्क छिन्। उनले इन्स्टाग्राममा एउटा पोष्ट गर्दै दिल्लीमा सुटिङ गर्न निकै नै मुश्किल भैरहेको उल्लेख गरेकी छिन्।

प्रदुषण बढेपछि मास्क लगाउँदै उनले लेखेकी छिन्–‘यहाँ अहिले चलचित्र छायांकन गर्न निकै नै गाह्रो भैरहेको छ। यस्तो अवस्थामा यहाँ रहन र बाँच्न कत्तीको मुश्किल भैरहेको होला, म कल्पना पनि गर्न सक्दिनँ।’ उनले घर नै नभएकाहरूका लागि प्रार्थना गर्न पनि आग्रह गरेकी छिन्। उनले लेखेकी छिन्, ‘घर नै नभएकाहरुको अवस्था के होला, उहाँहरूका लागि प्रार्थना गर्नुहोस्। सबैजना सुरक्षित रहनुहोला।’

दिल्लीमा प्रदुषण उच्च भएपछि अहिले बलिउडका कलाकारले पनि यसतर्फ सचेतना बढाउने काम गरिरहेका छन्। विगत केही दिनदेखि दिल्लीको हावामा प्रदुषण उच्च छ। जसकाकारण, मानिसहरुलाई हिडडुल गर्नका लागि नै समस्या भएको बताइन्छ।

प्रियंका दिल्लीमा ‘दि ह्वाइट टाइगर’को छायांकन गरिरहेकी छिन्। अर्विनद अडिगाको नोवेल पुरस्कार प्राप्त पुस्तकबाट यो कथा लिइएको हो। यो चलचित्रले चिया वेच्ने एक गाउँले मानिसको कथालाई भन्नेछ। चलचित्रमा राजकुमार रावको पनि मुख्य भूमिका छ।







यसमा तपाईको मत

अन्य समाचार

जाडोका लागि सिजीको घरायसी सामग्री

जाडोका लागि सिजीको घरायसी सामग्री

इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले नजिकिँदो जाडोलाई लक्षित गरी विभिन्न किसिमका घरायसी सामग्री बजारमा ल्याएको छ । ...

मन जित्दै सिटिजन शुभारम्भ जीवनबिमा योजना

मन जित्दै सिटिजन शुभारम्भ जीवनबिमा योजना

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सञ्चालनमा ल्याएको सिटिजन शुभारम्भ जीवन बिमा योजनाले प्रचलनमा आएको केही दिनमै मन जित्न सफल भएको कम्पनीले...

सोल्टीमा पंजाबी फूड फेस्ट (भिडियो)

सोल्टीमा पंजाबी फूड फेस्ट (भिडियो)

फूड फेस्टिवलमा परम्परागत पंजाबी खाना सस्तो मूल्यमा शाकाहारी र मांसाहारी दुवै उपलब्ध छन् जुन सबै पंजाबको राजमार्ग ढाबाबाट प्रेरित छन्।

दमौलीमा खुल्यो जेसीबीको नयाँ आउटलेट

दमौलीमा खुल्यो जेसीबीको नयाँ आउटलेट

नेपालको लागि जेसीबी ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले तनहुँको दमौलीमा आफ्नो ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ)...

अब सुजुकीको ‘एस–प्रेसो’ नेपालमा (भिडियो )

अब सुजुकीको ‘एस–प्रेसो’ नेपालमा (भिडियो )

नेपालका लागि सुजुकी ‘फोर–ह्विलर’ तथा सिजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाली बजारमा बहुप्रतिक्षित मिनी एसयुभी ‘एस–प्रेसो’, ‘माई फस्र्ट एसयुभी’...

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

टिकटकको डाउनलोड संख्या १ अर्ब ५० करोड पुगेको छ! ...

“शिवम् कृति समारोह २०७६” सम्पन्न

“शिवम् कृति समारोह २०७६” सम्पन्न

शिवम् सिमेन्टस लि.ले “शिवम् कृति समारोह २०७६” भव्यरुपमा सम्पन्न गरेको छ । ...

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टले आइतबार टेलिभिजनको लागि कमर्सियल (विज्ञापन) को अवधारणाको प्रतियोगिता सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad