१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रिय एकता कायम गर्दै संविधान कार्यान्वयनमा जोड दिन राष्ट्रपतिको आग्रह

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई राष्ट्रिय एकता कायम गर्दै संविधान कार्यान्वयनमा जोड दिन आग्रह गरेकी छन्। राष्ट्रपति भण्डारीको आह्वानमा राष्ट्रपति भवन शीतल निवासमा आइतबार बसेको सर्वदलीय बैठकमा दलहरूलाई सहमतिबाट निकास दिन आग्रह गरेकी हुन्। पछिल्लो पटक संविधान संशोधन प्रस्तावलाई लिएर दलहरुबीच दूरी बढ्दै गएका बेला राष्ट्रपति भण्डारीले दलहरुलाई यस्तो आग्रह गरेकी हुन्।

बैठकमा सहभागि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका अनुसार राष्ट्रपतिले संविधान कार्यान्वयन नभए पैदा हुन सक्ने विकराल परिस्थितिको खतराले आफुलाई चिन्तित बनाएको बैठकमा राष्ट्रपतिले बताएकी थिइन्। सबै राजनीतिक दलहरुले राजनीतिक स्थिरता र एकतामा जोड दिन राष्ट्रपतिले बैठकमा आग्रह गरेकी थिइन्। देशको राष्ट्रिय एकता र सार्वभौमिकता आँच नआउने गरी अघि बढ्न उनले आग्रह गरेकी थिइन्।

उनले दलीय सहमतिबाटै संविधान संशोधन र कार्यान्वयनमा जुट्न प्रमुख राजनीतिक दलका शीर्ष नेतालाई आग्रह गर्दै आएकी छन्। सरकारले गत मंगलबार संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गराएपछि देशका विभिन्न भागमा आन्दोलन सुरु भएको छ। यसैलाई ध्यान दिई राष्ट्रपतिले दलहरूलाई शीतल निवास बोलाएकी थिइन्।

 

प्रकाशित: १९ मंसिर २०७३ १४:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App