१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सुनकोशी बस दुर्घटनामा मृत्यु हुनेकाे सनाखत (नामावली सहित)

मेलम्ची- सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९ सुनकोशीमा बस दुर्घटना हुँदा ज्यान गुमाएका १८ मध्ये १७ जनाको सनाखत भएको छ। नेपालथोकमा आज एक बालिकाको शव भेटिएसँगै दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १८ पुगेको हो। बालिकाको सनाखत हुन सकेको छैन।

सनाखत भएकामा १३ महिला र पाँच पुरुष रहेको सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिए। पन्ध्र जनाको घटनास्थलमा तथा दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो। सनाखत भएकामा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाका २७ वर्षीया चमेली श्रेष्ठ र उनकी ६ वर्षीया छोरी साइरानी, दोलखाको सैलुङ गाउँपालिका–४ की सलिना तामाङ, वडा नं ३ का तीनमहिने शिशु सिसन तामाङ, वडा नं ५ की ५२ वर्षीया चेतकुमारी बस्नेत, वडा नं ३ की ५१ वर्षीया रत्नकुमारी राउत, वडा नं ५ का १४ वर्षीय निखिल खड्का, वडा नं ४ का १४ वर्षीय दिल लामा, २९ वर्षीय किरण राउत र  २० वर्षीया कविता राउत छन्।

यस्तै सैलुङ गाउँपालिका–३ की ३२ वर्षीया निर्मला खड्का, वडा नं ६ की ७० वर्षीया उरमाया मोक्तान, भीमेश्वर नगरपालिकाकी २४ वर्षीया रञ्जिता केसी बस्नेत, काभ्रेको रोशी गाउँपालिका–४ की सजिना तामाङ, दोलखाको सैलुङ्गेश्वरी–५ की ३८ वर्षीया सानू राउत आले, वडा नं ३ का निकेश खड्का र चितवनको पटीहानीकी ५६ वर्षीया पूजा बस्नेतको दुर्घटनामा मृत्यु भएको काफ्लेले जानकारी दिए। 'नदीले बगाएको हुन सक्ने भएकाले यात्रुको खोजी जारी छ', उनले भने।     

प्रकाशित: १८ कार्तिक २०७६ १०:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App