१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मोड सुधारसँगै यातायात सञ्चालन सहज

मोड सुधार गर्दै डाेजर। तस्बिरः नागरिक

डडेल्धुरा- सुदुरपश्चिमका तीन पहाडि जिल्ला बैतडी, दार्चुला र बझाङ्ग जिल्लाको प्रमुख सडक दशरथ चन्द राजमार्गमा रहेका मोडको सुधार गरिएको छ। आफैमा साँघुरो रहेको सडकमा मोड हुँदा यातायात संचालनमा समस्यासँगै दुर्घटनाको जोखिम रहेको थियो। मोड सुधार गरिए पछि यातायातका सवारी साधान संचालनमा सहज भएको छ।

दशरथ चन्द राजमार्ग अन्र्तगत डडेल्धुराको खस्रेखानदेखि बैतडीको सतबाझसम्मको सडकमा मोड सुधार गरिएको छ। दशरथ चन्द राजमार्ग आफैमा साघुरो र उसैमा घुम्तीका कारण विपरित दिशाबाट आउने यातायातका सवारी साधन सहज रुपमा नदेखिदा यातायात संचालनमा निकै समस्याका साथै दुर्घटनाको जोखिम उच्च हुन थालेपछि  मोड सुधार गरिएको हो।

मोड सुधारसँगै यस सडकमा यातायात सञ्चालनका लागि सहज भएको छ। मोड सुधार भए पछि विपरित दिशाबाट आउने यातायातका सवारी साधन देखिनुका साथै मोडमा दुई तर्फी यातायात सहज संचालनका लागि सहज भएको चालकहरुको भनाई रहेको छ। साँघुरो सडक। उकालो ओरालोमा साघुरा मोडले यातायातका सावरी साघन सञ्चालनमा निकै कठिनाई हुन्थ्यो। ट्रक चालक कृष्ण कैनीले भने, अहिले केही हदसम्म मोड फराकिला बनाइएपछि गाडी चलाउन सजिलो भएको छ। यी मोडहरुमा गाडी एक आपसमा पहिले कति ठोकिए ठोकिए। उनले भने, साघुरो, ओरालो उकालो सडक हर्न बजाउादा बजाउँदै एक अर्कालाई भेटाइ हाल्छन। यसले चालकलाई त सजिलो भयो नै। गाडी मालिक, व्यापारी साहु र यात्रुलाई पनि दुर्घटनाले हुने क्षतीको जोखिम कम भएको छ।

साँघुरो सडक र मोड हुँदा लोड ट्रक अगाडी लागे एम्बुलेन्सलाई समेत साइड दिने ठाउँ थिएन। एम्बुलेन्स चालक दिपक जोशीले भने, अहिले मोड सुधार गरिएपछि अलिकति मोड तलमाथि पनि सडक चौडा भएको छ। साइड लिन, दिनका साथै ओभेर टेक गर्न पनि सहज भएको छ।

केही वर्ष यतादेखि दशरथद चन्द राजमार्गमा यातायातका सवारी साधनको चाप बढेपछि दुर्घटनाको जोखिमलाई कम गर्ने उदेश्यले यस सडकमा मोड सुधार गरिएको सडक डिभिजन कार्यालय कुलपाते डोटीका निमित्त प्रमुख वलीराज मल्लले बताए। 

यस सडकमा भएका घुम्तीका कारण दुई तर्फी यातायात सहज रुपमा संचालन हुन सकेको थिएन। यस सडकमा सुदुरपश्चिमका पहाडी जिल्ला बैतडी, बझाङ्ग र दार्चुला जिल्ला जाने र अन्य जिल्ला डडेल्धुरा, डोटी, अछाम, बाजुरालगायत तराईका दुई जिल्ला कैलाली, कञ्चनपुर आउने यातायातका सयौं सवारी साधन दैनिक रुपमा ओहोर दोहोर गर्ने गरेका छन्।

डडेल्धुराको खस्रेखानदेखि अनारखोली बजारसम्म सडक डिभिजन कार्यालय कुलपाते डोटीले मोडर सुधार गरेको हो। अनारखोली बजारदेखि बैतडीको सतबाझसम्म सडक डिभिजन कार्यालय पाटन बैतडीले मोड सुधार गरेको हो। तर मोड सुधार गरेको स्थानमा नाली निर्माण नगर्दा बर्षातको पानीले कालो पत्रे सडकमा भने क्षती पुगेको छ।

प्रकाशित: १८ कार्तिक २०७६ ०९:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App