१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

किन उठ्यो संसद बैठकमा 'रअ'का पूर्व प्रमुखद्धारा लिखित किताबको प्रसंग ?

संसदमा बोल्दै सांसद अनुराधा थापामगर। तस्बिर: दिपेश श्रेष्ठ

काठमाडौं-  मजदुर किशान पार्टीकी सांसद अनुराधा थापामगरले संविधान संशोधन प्रस्ताव भारतको डिजाइन नेपाललाई सिक्किमीकरण गर्ने योजनाको साथ आएको आरोप लगाएकी छन्।

ब्यवस्थापिका संसदको आजको बैठकमा बोल्दै थापाले राप्रपाको एकीकरण पनि त्यै डिजाइन अनुसार भएको आरोप लगाइन्। उनको त्यो भनाईप्रति राप्रपाका सांसद सुशील कुमार श्रेष्ठले नियमापत्ति जनाएका थिए। सभामुख ओनसरी घर्तीले थापाको भनाईलाई रेकर्डमा सम्पादन गर्न भनेकी थिइन्।

भारतको खुफिया एजेन्सी 'रअ' का पूर्व प्रमुख आरके यादवले लेखेको पुस्तक 'मिसन आर एन्ड ए डव्लु' मा पनि सिक्कीम पछि नेपाललाई भारतामा विलय गराउने योजना रहेको उल्लेख गरिएको भन्दै उनले यो त्यसैको डिजाइन भएको शंका व्यक्त गरिन्।

विपक्षी दलहरुले संसदमा दर्ता भएको संविधान संशोधन विधेयक फिर्ता लिन माग गर्दै विरोध जनाए पछि आज पनि संसद बैठक अवरुद्ध भएको छ। संसदको अर्को बैठक बुधबार १ बोलाइएको छ।  

सरकारले संसदमा दर्ता गराएको संशोधन विधेयकको विपक्षामा नेकपा एमाले, नेपाल मजदुर किशान पार्टी, राष्ट्रिय जनमोर्चा र नेपा पार्टी रहेका छन्।  

 

प्रकाशित: १९ मंसिर २०७३ ०८:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App