१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

प्रहरी समुदाय साझेदारीः अभियुक्त खोज्न सहज बन्दै

फरार अभियुक्त कस्तुरीको बिना सहित पक्राउ परेपछि सार्वजानिक गर्दै प्रहरी। तस्विरः धनबहादुर/नागरिक

जुम्ला– जिल्ला प्रहरी कार्यालय जुम्लाको समुदायसंगको सहकार्य गर्ने रणनीतिका कारण अभियुक्त पक्राउमा सहत बन्दै गएको छ। यसैको फलस्वरुप ६ बर्ष देखि फरार रहेका एक जना अभियुक्त दुई दिन अघि प्रहरीले पक्राउ गर्यो। स्थानीयले दिइएको गोप्य सुचनाको आधारमा प्रहरी उनलाई पक्राउ गर्न सफल भएको हो। 

पक्राउ पर्नेमा  मुगु कार्मारोङ गाउँपालिका हुन्। चाइनिज मुद्राको अवैध कारेवार गरेको अभियोग लागेका उनी  प्रहरीको खोजीमा थिए। तर भेटाउन सकेको थिएन्। पक्राउ पर्नेमा सोनाम तामाङ रहेका छन्।

अहिले अनुसन्धानमा छन्।  सुर्खेत जिल्ला अदालतले २०७० जेठ २२ गते ३० लाख ५० हजार २ सय ४४ रुपैयाँ जरिवाना तोकेको थियो। २०७२ बैशाख ७ गते पुनरावेदन अदालतले पनि जिल्ला अदालतको फैसलालाई सदर गरेपछि उनी फरार थिए। सुमदायले गोप्य सुचना दिएको आधारमा  चन्दननाथ नगरपालिका ५ कालेखोलीबाट  पक्राउ परेको प्रहरी नायब निरिक्षक लालबहादुर धामी बताउँछन्।

प्रहरीले आइतबार पत्रकार सम्मेलन गरेर उनलाइ सार्वजनिक गर्यो। उनले भने, ‘अदालतको फैसला कार्यान्वयन गर्नको लागि प्रहरीले अप्रेसन चलाएको छ। अब अदालतले दोषी ठहराएका तर फरार रहेका अभियुक्तलाई प्रहरीले सुक्ष्म अनुसन्धान गरेर खोजि गरिरहेको छ।’

शनिवार जुम्लामा कस्तुरीको बिना सहित  दुइजना  पक्राउ परे। प्रहरीलाइ समुदायले भरपर्दो सुचना उपलव्ध गराएर प्रहरीले खोजी गरेर पक्राउ गर्न सफल भयो। पातारासी गाउँपालिका ४ लाम्रीबाट जोख बहादुर बुढा र भक्त बहादुर बुढालाइ प्रहरीले नियन्त्रणमा लियो। उनीहरुबाट कस्तुरीको बिना समेत जफत गर्न सफल भयो।

डिएसपी लालबहादुर धामी भन्छन्,‘पछिल्लो समयमा समुदाय प्रहरी साझेदारी कार्यक्रमले अनुसन्धान र खोजबिनमा निकै सहयोग गरिरहेको छ। जनताको मन जित्न सफल भएको छ प्रहरी। गोप्य सुचना आउनु यो कार्यक्रमको उपलब्धी नै हो।’

प्रहरी निरिक्षक राजेन्द्र चन्दको नेतृत्वको टोलि अभियुक्त खोज्न अहोरात्र खटिरहेको छ।  उनीहरु दुबैजनालाई राष्ट्रिय निकुञ्ज तथा संरक्षित वन्यजन्तु ऐन २०२९ अनुसार वन कार्यालयले अनुसन्धान गरि कारबाहीको लागि अदालत पेश गरिने तयारी भइरहेको छ। डिएसपी धामी भन्छन्,‘प्रहरी संग जनताको सम्बन्ध स्थापित भएको छ।

पछिल्लो समयमा प्रहरी साझेदारी कार्यक्रमले निकै प्रभावकारी भुमिका खेलेको छ। प्रहरी देख्ने वित्तिकै जनता तर्सने अवस्था थियो। अहिले प्रहरी पुग्दा जनता सुरक्षाको अनुभुति गर्छन्। यो सकरात्मक पक्ष हो। ’ यसअघि लागुऔषध कारोबार तथा सेवन गर्नेलाइ पनि प्रहरीले पक्राउ गरेको थियो। 

समुदाय संगको सहकार्य बिना शान्ति सुरक्षा र अपराधिक क्रियाकलाप नियन्त्रण गर्न सकिदैन्’ उनले भने, ‘अहिले जुम्लामा समुदायको साथ निकै राम्रो पाएका छौँ। त्यहि भएर अनुसन्धानमा सहज हुदै गइरहेको छ।’ 


 

 

प्रकाशित: १८ कार्तिक २०७६ ०६:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App