१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘सोमालियामा पाँच लाख बढी विस्थापित’

मोगादिसु (एजेन्सी)– सोमालियाका विभिन्न भू–भागमा आन्तरिक द्वन्द्व, खडेरी तथा हालैका केही साता यताको बाढीमा परी पाँच लाख ७५ हजार नागरिक विस्थापित भएको बताइएको छ।

गत अक्टोबर महिनाभरमा आएको बाढीबाट सोमालियामा दुई लाख ७० हजारभन्दा बढी नागरिक विस्थापित भएको समाचारमा जनाइएको छ।

संयुक्त राष्ट्र संघीय एक एजेन्सीका अधिकारीका अनुसार बाढीका कारण यसरी विस्थापित हुने सबैभन्दा बढी बियानी भन्ने ठाउँका परेका छन्। भारी वर्षाका कारण स्थानीय सियाली नदीमा आएको बाढीबाट ठूलो मात्रामा नागरिक विस्थापित हुन पुगेको बताइएको छ। यस वर्ष बाढी मात्र नभएर खडेरी र आन्तरिक द्वन्द्वका कारण पनि ठूलो संख्याका नागरिक विस्थापित हुन पुगेका छन्।

राष्ट्र संघीय शरणार्थीसम्बन्धी एजेन्सी ‘युएनएचसिआर’ का अधिकारीका अनुसार यस वर्षमात्र सोमालियामा विस्थापित मानिसको संख्या पाँच लाख ७५ हजार रहेको बताइएको छ।

अक्टोबर महिनामा आएको भारी वर्षाका कारण आएको बाढीबाट विस्थापित ती नागरिकको अवस्था निकै नाजुक रहेको पनि बताइएको छ। प्राप्त समाचारअनुसार उनीहरु कोही रुखमुनी त कोही अस्थायी टेन्ट बनाएर बसेका छन्।

लाखौं नागरिक विद्यालयमा आश्रय लिएर बसिरहेका छन्। उनीहरुको उद्धारको लागि शरणार्थीसम्बन्धी उक्त एजेन्सीले सबैमा आग्रह गरिरहेको छ। ती शरणार्थीको अवस्था निकै नाजुक भएकोले उनीहरुको सहयोगका लागि उक्त एजेन्सीले सबैमा आग्रह गरेको समाचारमा जनाइएको छ।

शरणार्थीलाई आधारभूत आवश्यकताको लागि सोमाली सरकारले दातृ निकाय र संयुक्त राष्ट्र संघलाई आग्रह गरेको छ।

प्रकाशित: १८ कार्तिक २०७६ ०४:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App