१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

बोल्ट छैटौंपटक वर्ष धावक

मोनाको- पछिल्लो समय गरेको अद्भूत प्रदर्शनले चर्चित बनेका विश्व नम्बर एक धावक उसेन बोल्ट लगातार छैटौंपटक वर्षको उत्कृष्ट पुरुष धावक भएका छन्। तर बोल्टले युवावस्थाबाटै यस खेललाई गम्भीर रूपमा नलिएकोमा आफूलाई  पश्चाताप भएको बताएका छन्।

‘सम्भवतः मैले चारवटा ओलम्पिक खेल्नुपर्ने हो,’ जमैकन धावकले शुक्रबार आइएएएफको पुरुष वर्ष धावक घोषित भएपछि भने, 'यो अवार्ड मेरा लागि ठूलो सम्मान हो। यसले कडा परिश्रमको कदर गरिन्छ भन्ने देखाउँछ। यो सबै मेरा समर्थकले गरेको भोटका कारण हो। त्यसैले म यो उनीहरूलाई समर्पित गर्न चाहन्छु।'

गत अगस्टमा उनले रियो ओलम्पिकमा तेहेरो स्वर्ण पदकको ह्याटि्रक गर्दा ‘ट्रिपल ट्रिपल’ को अद्भूत सफलता जुरेको थियो। ओलम्पिकमा१० हजार मिटर दौडको उपाधि जित्न सफल विश्व कीर्तिमानीइथियोपियाकी धाविका अल्माज आयाना वर्षको उत्कृष्ट महिला धाविका भइन्।

ओलम्पिकमा ९ स्वर्ण जितेका बोल्टले  आगामी वर्ष लन्डनमा हुने विश्व च्याम्पिनसिपपछि आफूले खेलजीवन टुंग्याउने बताइसकेका छन्। त्यहाँ उनले रिलेमा भाग लिँदै आफ्नो करिअरको १२ र १३ आंै विश्व टाइटल जित्ने लक्ष्य लिएको र यसअघि एकपटक १ सय मिटर दौडमा भाग लिने बताइएको छ।

‘जब म विगत सम्झन्छु मैले धेरैपहिला नै आफ्नो खेलजीवनबारे गम्भीर हुनुपर्ने थियो भन्ने लाग्छ,’बोल्टले भने,‘मैले आफ्नो क्षमतामा मात्र भर गरेँ। यदि म केही गम्भीर भएको भए करिअरमा अझ धेरै उपलब्धि हासिल गर्न सक्थँे।सम्भवतः मैले युवावस्थामै खेल्न सुरु गरेको भए मैले चारवटा ओलम्पिक खेल्न सक्ने थिएँ।

विभिन्न विधामा विश्व कीर्तिमान राख्दै उपाधि जितेका बोल्टले१५ वर्षको हुँदा जमैकामा भएको जुनियर विश्व च्याम्पियनसिपअन्तर्गत २ सय मिटरमा पाएको जित आफ्ना लागि सधैँ स्मरणीय रहने बताए।

‘सन् २००२ मा पाएको त्यो जित मेरो लागि सधैँ विशेष रहनेछ। किनभने त्यो मेरो करिअरको सुरुआत थियो,’ बोल्टले भने,‘आगामी वर्ष म आफ्ना समर्थकलाई समर्पित गर्न चाहन्छु मेरो सफलताको श्रेय उनीहरूलाई जान्छ।'

सन् २००७ मा विश्व च्याम्पियनसिप अन्तर्गतको २ सय मिटर दौडमा अमेरिकाका टाइसन गे भन्दापछि रहँदै रजत पदकमा चित्त बुझाएका बोल्ट त्यसको नौ महिनापछि बेइजिङ ओलम्पिकमा १ सय, २ सय र ४ गुणा सय मिटरमा गरी तीन स्वर्ण जित्दै विश्वको ध्यान तान्न सफल भएका थिए। उनले सोही प्रदर्शनलाई २०१२ को लन्डन ओलम्पिक र २०१६ को रियो ओलम्पिकमा पनि निरन्तरता दिँदै३–३ स्वर्ण जित्दै ‘टि्रपल टि्रपल’ को सफलता हासिल गरेका थिए।

'म अहिलेपनि खेलजीवनबाट संन्यास लिएपछि के गर्ने भन्ने बारे मानिसहरूसँग छलफल गरिरहेको छु र साँच्चै म खेलक्षेत्रमै रहिरहन चाहन्छु,’ बोल्टले भने।

प्रकाशित: १९ मंसिर २०७३ ०३:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App