१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

नागर्जुन नगरपालिका–५ ‘ए’ विजय

काठमाडौं – नागर्जुन नगरपालिका वडा–५ को ‘ए’ टोलीले प्रथम मेयर कप फुटबल प्रतियोगितामा शनिबार विजयी सुरुआत गरेको छ । युथ हसन्टार क्लबद्वारा आयोजित प्रतियोगितामा वडा–५ ‘ए’ ले वडा–४ लाई टाइब्रेकरमा ५–३ गोलले पराजित गर्‍यो ।

निर्धारित ६० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । प्रतियोगिताको दोस्रो दिन आइतबार दुई खेल हुनेछ । प्रतियोगिताको नागर्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतले एक कार्यक्रमबीच उद्घाटन गरे ।

सो अवसरमा मेयर बस्नेतले प्रतियोगिता स्थल हसन्टार फुटबल मैदान हातामा वृक्षारोपन पनि गरेका थिए । नकआउट प्रतियोगितामा १९ टोली सहभागी छन् । विजेताले १ लाख ५ हजार तथा उपविजेताले ५५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

उत्कृष्ट खेलाडी, गोलरक्षक, प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिनेछ । अनुशासित टोलीलाई १० हजार नगद पुरस्कार प्रदान गरिनेछ । फाइनल कात्तिक ३० गते हुनेछ ।

प्रकाशित: १७ कार्तिक २०७६ ०६:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App