१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

डोल्पामा सामाजिक विकास कार्यालय स्थापना

जिल्लामा पहिलो पटक सामाजिक विकास मन्त्रालयको शाखा कार्यालय स्थापना गर्दै पर्यटनमन्त्री नन्दसिं बुढा। तस्विर/नागरिक

डोल्पा- डोल्पामा सामाजिक बिकास कार्यालय नहुँदा प्रदेश मातहतका योजना कार्यान्वयनमा समस्या परिरहेको बेला विकास कार्यलाई सहज र प्रभावकारी बनाउन जिल्लामै पहिलो पटक सामाजिक विकास कार्यालय स्थापना गरिएको छ।
कर्णाली प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालय अन्तर्गतको शिक्षा निर्देशनालय सामाजिक बिकास कार्यालय उद्योग,पर्यटन बन तथा बातावरण मन्त्री नन्दसिँह बुढाले उद्धघाटन गरेका छन्।

जनताले पाउने सेवालाइ प्रभाबकारी बनाउन जिल्लाबाटै सेवा प्रबाह गर्नेगरि जिल्लामा नै कार्यालयको स्थापना गरेको कार्यालय प्रमुख धनन्जय आर्चायले नागरिकलाई बताए। आर्चायका अनुसार सामाजिक बिकास कार्यायलबाट शिक्षा,महिला तथा बालबालिका,अपाङ्ग,जेष्ठनागरिक,श्रम र मुख्यमन्त्री रोजगार कार्यक्रम लगायतका कामहरु हुने र नागरिकले जिल्लाबाटै सेवा पाउने बताए।

हाल ६ वटा कर्मचारीले जिल्लाबाट सेवा प्रदान गर्नेछन्
जिल्लामा कार्यालय स्थापना मात्रै हुने र कर्मचारी नबस्ने भन्ने नागरिकको गुनासोलाइ मध्यनजर गरि एक सातामा केहि योजना सहित कार्यालयमा सबै कर्मचारी आइ पुग्ने कार्यालय प्रमुख धनन्जय आर्चायले बताए।

भौगोलिक बिकटतालाई मध्यनजर गरि जनताको जनगुनासो अनुसार नै प्रदेश सरकारको बिकासे ४ मन्त्रालयका दुईदुईवटा कार्यालय जिल्लामा राख्ने निर्णय गएको भदौ ६ गते कर्णाली प्रदेश सरकारले गरेको थियो। पर्यटन मन्त्री बुढाका अनुसार डोल्पामा कर्मचारी अभाब रहेको कारण प्रदेश सरकारले डोल्पालाई पहिलो प्राथमिकतामा राखेर कर्मचारी पठाउने र बिकासका काम जनताले अनुभुति गर्ने गरि अघि बढाउने बताए।

कर्णाली प्रदेश सरकारले अब करारमा प्राबिधिक कर्मचारी लिने र डोल्पामा सबै कर्मचारीहरुको माग पूर्ति हुने भएकोले जनताले सेवा बातावरण बनाउन मन्त्री बुढाले आग्रह गरे।

बिकासकै कुरालाई जोड्दै जिल्लामा उपभोक्ताबाट भएका योजनाहरु अनियमितता भएको भन्ने कुरालाइ चिरफार गर्न प्रदेश सरकारले पनि अनुगमन गर्ने र जिल्ला समन्वय समिति र स्थानीय सरकारलाई बिशेष अनुगमन र निगारानी गर्न अनुरोध गरे।

जिल्लामा कार्यालय मात्रै स्थापना गर्ने काम नगरेर जनताले बिश्वास गर्ने र सेवा पाउने गरि कार्यालयको स्थापना गर्न जिल्ला समन्वय समितिका उपप्रमुख नरबहादुर बुढाले आग्रह गरे।

 

 

प्रकाशित: १६ कार्तिक २०७६ ०८:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App