बौद्धदर्शन

बुद्ध र पशुबलि

शनिबार, १६ कार्तिक २०७६, ११ : ४० वसन्त महर्जन

बुद्ध र बौद्ध धर्मसँगै मैत्री, करुणा, मुदिता र उपेक्षालाई बुझ्न आवश्यक हुन्छ। यो धर्म दर्शनको महत्ता बढाउन चतुब्र्रह्म विहार भनिने यी चार कुरा नै पर्याप्त छन्। चर्तुब्रह्म विहारलाई गहनाका रूपमा पनि लिइएको पाइन्छ, अर्थात् एक बौद्धको गहना भन्नु मैत्री, करुणा, मुदिता र उपेक्षाको भावना विकास गर्नु हो। एक बौद्धले दैनिक जीवनमा पालना गर्नैपर्ने पञ्चशीलमा अहिंसा पहिलो हो। यिनै भावनालाई समेट्ने अन्य कुरा पनि बौद्ध धर्ममा छन्।

केही समयअघि एक बौद्ध पुरोहितले यो पंक्तिकारलाई एउटा मुद्रित पुस्तक देखाए, जसमा दुईखुट्टे पशुको बलि दिँदा फलाना मन्त्र पाठ गर्ने र चारखुट्टे पशुको बलि दिँदा फलाना मन्त्र पाठ गर्ने भनेर संस्कृत भाषामा लेखिएको थियो। पशुवध गरी बलि चढाउने पक्षलाई बौद्ध धर्मअन्तर्गत बज्रयान सम्प्रदायमा पछिल्लो विकृतिका रूपमा बुझ्दै आइरहेको सन्दर्भमा उक्त मन्त्र देखेपछि यो पंक्तिकारलाई अनौठो लाग्यो। अन्य चतुर पुरोहित भएको भए लुकाउने र हुँदै नभएको भनी तर्कवितर्क गर्थे, ती पुरोहितले भने उत्साहित हुँदै ती मन्त्र देखाए। जब कि बौद्ध धर्म–संस्कृतिमा पशुबलिको कुरा वर्जित छ।

पश्चिमा मुलुकमा १७औँ वा १८औँ शताब्दीतिर बौद्ध धर्मको प्रवेशसँगै थप अध्ययन तथा ग्रन्थ संकलन सुरु भयो, त्यसका लागि त्यहाँबाट मनिषीहरू श्रीलंका, भारत, थाइल्यान्ड बर्मातिर पुगेका थिए। उनीहरू नेपालमा पनि आए र नेपालमा अभ्यास हुँदै गरेको बौद्ध धर्म देखेर छक्क मात्रै परेनन्, विकृत बौद्ध धर्म भनेर आलोचना नै गरे। नेपालको काठमाडौं उपत्यकामा बज्रयान बौद्ध धर्मको अभ्यास हुन्छ। काठमाडौंको नेवार समाजसँग ती मनिषीहरूको साक्षात्कार भयो।

विभिन्न जीवजन्तुको बलि प्रदान गरी सम्पन्न गरिने यज्ञलाई भूतयज्ञ भनिन्छ। बलि गर्ने जीवजन्तुको मात्रा बढ्दै गएर हजारौं संख्यामा पुगेको, अझ कुन कुन जीव जन्तुको बलि दिने भन्ने सन्दर्भमा मनुष्यलाई सामेल गरेको र मनुष्य बलिलाई पुरुष बलि भन्ने गरेको पनि पाइन्छ। आजभोलि त्यसलाई छोप्न चाहनेहरू पुरुष बलि मनुष्यकै बलि नभएर पुरुष नामको कुनै जीव भन्ने तर्क गर्छन्।

तिब्बत तथा अन्यतिरका बौद्ध समाजसँगको सम्पर्कमा आएपछि बल्ल उनीहरूले काठमाडौंमा प्रचलित बज्रयान बौद्ध धर्मलाई बुझ्न पाए। बज्रयान नै भए पनि तिब्बतमा सबै कुरा तिब्बती भाषाको व्यवहार हुने हुँदा केही पृथक् देखियो, तर काठमाडौंमा संस्कृत भाषा मात्रै नभएर ब्राह्मण पुरोहितले गर्ने चालचलनलाई पछ्याउने हुँदा सुरुका मनिषीहरू त्यसरी झुक्किनुलाई स्वाभाविक मान्नुपर्छ। जानीबुझी कुनै पनि प्राणीको हत्या गर्न नहुने शीलले युक्त हुनुपर्ने मान्यता रहेको बौद्ध धर्ममा कर्मकाण्डको सम्पादन गर्दा पशुबलिको मन्त्र हुनु खोजको विषय हो।

वैदिक यज्ञ
वैदिक आर्यका नाममा आफ्नो जातीय पहिचान बनाएको समुदायको आदर्श हो, यज्ञ। देवताहरू विभिन्न प्राकृतिक शक्तिका मूर्तरूप थिए र विभिन्न नामका ती देवताको उपासना गर्न आर्यहरू यज्ञको अनुष्ठान गर्दथे। सुरुमा ती यज्ञ सरल र सहज थियो। यज्ञकुण्डमा आगो बाली त्यसमा घिउ, अन्न, सोमरस आदि हवन गर्नु नै यज्ञ थियो। यस्ता यज्ञको माध्यमबाट आराध्य देवताको उपासना गरिन्थ्यो। यज्ञको स्वरूपमा परिवर्तनसँगै जटिलता पनि थपिँदै गयो। यज्ञवेदी कसरी बनाउने, चरु कसरी हवन गर्ने तथा कति गर्ने भन्ने सन्दर्भमा पनि निश्चित नियम बनाइयो। सुरुमा एकै ब्राह्मणबाट सम्पादन हुने यज्ञलाई सयौं ब्राह्मणको व्यवस्था गर्नुका साथै फरक–फरक जिम्मा दिन थालियो। यसले खर्च र आडम्बर पनि बढायो। यज्ञमा हवन गरिने कुरामा परिवर्तन आउन थाल्यो। अनेक प्रकारका यज्ञ प्रचलित थियो र तीमध्ये देवयज्ञ, पितृयज्ञ, नृयज्ञ, ऋषियज्ञ र भूतयज्ञ बढी चलनचल्तीमा थिए। विभिन्न जीवजन्तुको बलि प्रदान गरी सम्पन्न गरिने यज्ञलाई भूतयज्ञ भनिन्छ। बलि गर्ने जीवजन्तुको मात्रा बढ्दै गएर हजारौं संख्यामा पुगेको, अझ कुन कुन जीव जन्तुको बलि दिने भन्ने सन्दर्भमा मनुष्यलाई सामेल गरेको र मनुष्य बलिलाई पुरुष बलि भन्ने गरेको पनि पाइन्छ। आजभोलि त्यसलाई छोप्न चाहनेहरू पुरुष बलि मनुष्यकै बलि नभएर पुरुष नामको कुनै जीव भन्ने तर्क गर्छन्, तर अनेक सन्दर्भमाथि ध्यान दिँदा पुरुष भनेका अन्य जीव नभएर मनुष्य नै रहेको बुझिन्छ।

बुद्धले यज्ञको ठाडै विरोध त गरेनन्, यसरी बुझाए, ‘राजन ! ह्रिस्रक यज्ञ गराउने व्यक्तिले तीन प्रकारले दुष्कर्म सम्पन्न गर्छन्। पहिलो– मानसिक दुष्कर्म, जसअन्तर्गत हिंसा गर्ने संकल्प हुन जान्छ। दोस्रो– वाचिक दुष्कर्म, जसअन्तर्गत हिंसा कर्म गर्नेलाई त्यस्तो कार्य गर्न आदेश दिन्छ। तेस्रो– शारीरिक दुष्कर्म, जसअन्र्तगत प्रथम पशुको हिंसा आफ्नै हातबाट सुरु गरिन्छ।’

ऐतरेय ब्राह्मण (८।१०–१८), आश्वलायन श्रोतसूत्र (९।३) आदि ग्रन्थमा शुनःशेप नामका एक व्यक्तिको वर्णन पाइन्छ। यसअनुसार राजा हरिश्चन्द्रको कुनै सन्तान थिएनन् र वरुण देवतासँग माग्दा पुत्रलाभ हुने, तर पछि बलि दिनुपर्ने सर्त राखेका थिए। आफ्नो छोरा रोहितको ठाउँमा बलि दिन अजीगर्त नामका एक निर्धन ब्राह्मणसँग उनको छोरा शुनःशेपलाई किनेका थिए। तर, विश्वामित्रले उनलाई बलि हुनबाट जोगाएर आफ्नो दत्तक पुत्र बनाए। ऋग्वेदको प्रथम मण्डलको २४ देखि ३० सूक्त तयार पार्ने ऋषि नै शुनःशेप हुन्। उनी बलिमा नचढाइए पनि यस प्रसङ्गबाट नरबलिको अस्तित्वलाई पुष्टि गर्छ। बलिको प्रयोजनार्थ मान्छे किनेर ल्याउने अथवा युद्धमा पराजित भएकालाई नै त्यसमा हालिन्थ्यो। यज्ञकुण्ड नजिकै मौलोमा अन्य जीवजन्तुका साथै बलि चढाइने मनुष्यलाई पनि बाँधिएको हुन्थ्यो। वर्तमान सन्दर्भमा कल्पनातीत यो कुराको विरोध त्यही बेला भएको थियो र यज्ञ परम्परामै रहेका ब्राह्मणहरू मनुष्य बलिका सन्दर्भमा मतभेद राख्थे। पछि यज्ञमा मनुष्यलाई बलि चढाउने कुरा हट्यो। यज्ञमा आएको विकृतिका विरुद्ध अनेक अभियान थाहा पाइन्छ। ज्ञानका पक्षधरहरू विना ज्ञान यज्ञ मात्रैले कुनै फल नपाइने र परलोक सम्भवै नभएको कुरामा जोड दिन्थे। आरण्यकहरूमा यज्ञको दार्शनिक पक्षलाई स्विकारे पनि कर्मकाण्डका विभीषिकाहरूलाई कुनै ठाउँ दिइएन। यस्तैमा भागवत्हरूले यज्ञ तथा अन्य कर्मकाण्डहरूका विरुद्ध विद्रोह नै गरेका थिए र आजभोलि ती वैष्णव सम्प्रदायका रूपमा छन्।

यज्ञ तथा यज्ञका विकृतिहरूलाई लिएर स्वयं वैदिकहरूमै फाटो आइरहेको तथा कमजोर भइसकेको अवस्थामा चार्वाक तथा जैन दर्शनको प्रहारले थप कमजोर पा-यो। त्यसमा गौतम बुद्ध (इ.पू. ५६३–४८३) को प्रहारले अस्तित्व जोगाउनै मुस्किलको अवस्था सिर्जना गरिदियो। अस्तित्व जोगाउनकै लागि पनि वैदिकहरूलाई समय सापेक्ष हुन अनिवार्य भयो।

यज्ञ र बुद्ध
बुद्धत्व प्राप्तिका लागि श्रमण गौतमले अनेकौँ खालका साधना गरेको प्रसंग बोधिराज कुमारसुत्त र महासच्चकसुत्त (मज्झिमनिकाय)मा पाइन्छ, यज्ञ भने गरेको कतै पाइँदैन। गौतम बुद्धको जीवनीमा ध्यान दिने हो भने वैशाख पूर्णिमाका दिन बोधगयामा बुद्धत्व प्राप्तिपछि असार पूर्णिमाका दिन सारनाथमा प्रथमपल्ट धर्म उपदेश दिएका थिए। यसलाई ‘धर्मचक्रप्रवत्र्तन’ पनि भनिन्छ। त्यसपछि उरुवेलामा पाँच सय शिष्य भएका उरुवेला काश्यप, तीन सय शिष्य भएका नदी काश्यप र दुई सय शिष्य भएका गया काश्यपलाई आफ्नो मतवादमा ल्याएको कुरा उल्लेखनीय छ। ती तीनैजना अलग–अलग ठाउँमा अखडा जमाएर बसेका दाजुभाइ थिए। जटाधारी भएका कारण जटिल सम्प्रदाय भनिएको हुन सक्छ। अग्निपूजक भएको कुरामा शंका छैन। वैदिक आर्यहरू पनि अग्निपूजक नै थिए। यी तीन दाजुभाइलाई परिवर्तन गरी संघमा थप हजार जनालाई भिक्षु बनाउन सक्नु गौतम बुद्धका लागि ठूलै उपलब्धि थियो।

बौद्ध मतवाद थोरै समयमा धेरै ठाउँमा जब्बरसँग स्थापित हुनुमा एउटा प्रमुख कारण तत्कालीन शक्तिशाली राजाहरूको संरक्षकत्व प्राप्त हुनु पनि हो। यस्तो संरक्षकत्व प्राप्त गर्नु बुद्धलाई सजिलो थिएन। कोशल महाजनपदका राजा प्रसेनजितको आस्था कुनै अर्कै धर्ममा थियो। एकपल्ट उनले दुस्वप्न देखे र भयभीत भएर उठे। नराम्रो सपना राज्यसँग सम्बन्धित थियो। दुस्वप्नका बारेमा मन्त्रीहरूसँग छलफल गरे र राजपुरोहितसँग यसको रहस्यबारे बुझ्न चाहे। राजपुरोहितले सुझाव थिए– स्वप्न नराम्रो पक्कै हो, तर ठूलो यज्ञ गरेर टार्न सकिन्छ।

यज्ञ गर्ने तय भयो। यज्ञ प्रयोजनार्थ ठूला–साना हजारौँ संख्यामा पशु जम्मा पार्न थालियो। तर, यज्ञको आयोजना महारानी मल्लिका देवीलाई मन परेको थिएन। यिनी राजालाई अत्यन्तै मन परेकी महारानी थिइन्। महारानी बुद्धका उपासिका थिइन्। पञ्चशीलको पालनामा दृढ यिनको बुझाइमा पनि हिंसाकर्म दुष्कर्मभित्रै पर्ने भयो। यस्ता दुष्कर्मको फल के–कस्तो हुन्छ भन्ने महारानीमा राम्रो हेक्का थियो। यस्तो दुष्कर्म स्वयं राजाबाट हुनु महारानीका लागि पीडादायी भयो। उनले राजासँग यज्ञको आयोजना गर्ने विचार त्याग्न धेरैपल्ट अनुरोध पनि गरिन्, तर राजा यज्ञको अनुष्ठान गर्नमा दृढ थिए। महारानीले राजालाई यज्ञ गर्नुअघि बुद्धसँग भेट्न जान भने राजी गराइन्।

बुद्ध आफ्नै नगरमा बसिरहेका, धेरैको मुखबाट बुद्धका बारेमा सुनिसकेको मात्रै नभएर आफ्नै प्रजा पनि बुद्धका उपासक रहेका कारण बुद्धलाई एकपल्ट भेट्नैपर्ने महसुस राजालाई भइसकेको थियो। बुद्धले गृहस्थ जीवन आफ्नै छिमकी राज्य कपिलवस्तुमा बिताएको, बुद्धत्व प्राप्तिपछि मगध नरेश बिम्बिसार लगायत अन्य राजा, गणप्रमुख तथा समाजका प्रभावशालीदेखि सर्वसाधारण समेत बुद्धको उपासक वा प्रव्रजित भई भिक्षु नै बनिसकेको अवस्थामा आफू राजा भएको नाताले पनि बुद्धकहाँ जानुपर्ने एक प्रकारले दबाबकै अवस्था सिर्जना भइसकेको थियो।

प्रसेनजित जेतवन महाविहारमा गए, जहाँ बुद्ध थिए। विहारको शान्त वातावरण छिचोल्दै उनी बुद्धको सम्मुख पुगे र वन्दना गरी छेउमा बसे। महाराज ठूलो यज्ञ सम्पन्न गर्न जाँदै छन् र त्यसका लागि बलि दिन हजारौं पशु जम्मा पारिसकेको कुरा बुद्धलाई थाहा थियो। फेरि पनि बुद्धले सोधे, ‘महाराज, तपाईंले ठूलो यज्ञ गर्दै हुनुहुन्छ भन्ने सुनेँ।’

प्रसेनजितले यज्ञ गर्न लागेको र त्यसो गर्नु पर्नाको कुरा पनि बिन्ती गरे। बुद्धले यज्ञको ठाडै विरोध त गरेनन्, तर यसरी बुझाए, ‘राजन ! हिंस्रक यज्ञ गराउने व्यक्तिले तीन प्रकारले दुष्कर्म सम्पन्न गर्छन्। पहिलो– मानसिक दुष्कर्म, जसअन्तर्गत हिंसा गर्ने संकल्प हुन जान्छ। दोस्रो– वाचिक दुष्कर्म, जसअन्तर्गत हिंसा कर्म गर्नेलाई त्यस्तो कार्य गर्न आदेश दिन्छ। तेस्रो– शारीरिक दुष्कर्म, जसअन्र्तगत प्रथम पशुको हिंसा आफ्नै हातबाट सुरु गरिन्छ।’

बुद्धले यस्ता दुष्कर्मबाट हुने विपाकका बारेमा पनि बुझाए। अमूक पशुप्रति दया राखी करुणापूर्ण वाणीले बुद्धले जुन कुरा बुझाएका थिए, त्यसबाट महाराजको मन छोइसकेको थियो। अब त्यही पापको विपाकको भागिदार अरु नभई महाराज स्वयं हुने भनी महाराजप्रति पनि उही दया र करुणा राखी हिंसाकर्मबाट टाढा रहन आग्रह गर्दा महाराज प्रसेनजित उत्तिखेरै द्रविभूत भए। बुद्धसँग बिदावारी भई दरबार फर्केपछि वधशालामा बाँधिएका सबै पशुलाई छाड्न आदेश दिए।

यज्ञका सन्दर्भमा मगधको खाणुमत भन्ने ब्राह्मण गाउँमा बस्ने कूटदन्त नामका ब्राह्मणलाई बुद्धले हिंसाजन्य यज्ञबाट विमुख गराएको ‘दीघनिकाय’को ‘कूटदन्त–सुत्त’मा उल्लेख छ। यी ब्राह्मण मगधराजा बिम्बिसारबाट ब्रह्मदेय (पुनः हरण गर्न नपाउने) गरी दिइएका अनेकौँ श्रीसम्पत्तिले सम्पन्न थिए। सात सय गोरु, सात सय बाच्छा, सात सय बाच्छी, सात सय बोका, सात सय भेडा यज्ञका निम्ति मौलोमा बाँधिएको थियो। यहीबेला गौतम बुद्ध सोही गाउँमा आए र अम्बलट्ठिकामा बसे। बुद्धको प्रख्याति त्यति बेला चारैतिर फैलिसकेको थियो। बुद्धको दर्शन गर्न गाउँलेहरू हुलका हुल बाँधेर त्यतातर्फ लागे। यो दृश्य देखेर कूटदन्त ब्राह्मणलाई लाग्यो– श्रमण गौतम सोह्र परिष्कार (अंगहरू) युक्त त्रिविध यज्ञसम्पदा (यज्ञविधि) जान्दछन्, जो म जान्दिनँ। म महायज्ञ पनि गर्न चाहन्छु। अतः किन म श्रमण गौतम कहाँ गई सोह्र परिष्कारयुक्त त्रिविध यज्ञसम्पदा सम्बन्धी नसोधूूूँ। उनी बुद्धकहाँ हिँडे। तर, यज्ञ कार्यका लागि अगाडिदेखि आएर बसेका ब्राह्मणले कूटदन्तलाई रोके। उनीहरूले कूटदन्तलाई अनेकौँ प्रकारले फुल्याई बुद्धकहाँ जानु उचित नभएको र यसो गर्नाले यश घट्ने भनी सचेत गराउन खोजे। यद्यपि कूटदन्त ब्राह्मणबाट बुद्धको वर्णन सुनेर अन्य ब्राह्मण पनि बुद्धकहाँ दर्शनका लागि हिँडे।

कूटदन्त ब्राह्मणकै अनुरोधबमोजिम बुद्धले सोह्र परिष्कारयुक्त त्रिविध यज्ञसम्पदा बारेमा उपदेश गरे। सोह्र परिष्कारले युक्त त्रिविध यज्ञ भनी दान, शील, प्रज्ञा, समाधि आदिसँग सम्बन्धित विभिन्न अभ्यास पर्छन्। त्यसपछि कूटदन्त ब्राह्मण बुद्धसँग उपासकत्व ग्रहण गर्दै आफ्नो यज्ञका लागि सबै पशुलाई जीवनदान दिई छाड्ने वचन दिन्छन्।

बुद्धविरुद्ध वैदिक ब्राह्मण
बुद्धको समयमा ब्राह्मण र श्रमण गरी दुई बेग्लाबेग्लै परम्परा विद्यमान थियो। यी दुई सम्प्रदायबीच मिल्ती थिएन। बुद्धको पृष्ठभूमि श्रमण परम्परा अन्तर्गत थियो। जैनलगायत सम्प्रदाय पनि श्रमण परम्पराअन्तर्गत पर्छ। बुद्धले आफ्नो मतवादको स्थापना गर्ने क्रममा श्रमण परम्पराका अन्य सम्प्रदायलाई मात्रै आकर्षित गरेनन्, ब्राह्मण परम्परालाई निकै मात्रामा आकर्षित गरे। वैदिक आर्यहरू वेदलाई अनादि, अपौरुषेय र ईश्वरकृत मान्दथे भने बुद्धलाई यस्तो कुरा मान्य थिएन। तिनीहरू जातीय सर्वोच्चतामा ध्यान दिन्थे तर बुद्धले पूरै जातिवादको अनौचित्यलाई साबित गरिदिए। यसरी नै आत्माको अमरताविरुद्ध बुद्धले अनित्य, दुःख र अनात्मको दर्शन दिए। बुद्धका यी कुराले तत्कालीन समाज तथा दर्शनका क्षेत्रमा हलचल ल्याइदिएको थियो। ब्राह्मणहरू बौद्धमतमा दीक्षित हुने क्रम बढ्दो थियो। यस अवस्थामा वैदिक समाज बुद्धका विरुद्ध उभिनु स्वाभाविक थियो। त्यस बेला बुद्धलाई गाली गर्ने वा लाञ्छना लगाउने क्रममा प्रयोग गर्ने शब्दहरूमा यज्ञ नगर्ने भन्ने पनि थियो। यज्ञ नगर्ने भन्नुको अर्थ अशिक्षित, असभ्य तथा संस्कार नभएको हो।

वैदिक आवरणमा बौद्ध धर्म
बौद्ध वाङ्मयको अध्ययनका क्रममा यज्ञविरुद्ध बुद्धका अनेकौँ सन्दर्भ पाइन्छन्, जसको सबै वर्णन सानो लेखमा सम्भव छैन। तर, वैदिक संस्कृतिले आफ्नो अस्तित्व जेनतेन जोगाइराखेको थियो। समय र परिस्थिति हेरेर यसले विकास र विस्तार गर्दै आएको पाइन्छ। समय क्रममा भारत वर्षका कतिपय ठाउँमा बौद्ध धर्मको नामोनिशान नै मेटिन गयो भने ती ठाउँमा वैदिक धर्मले पनि टाउको उठाउन पायो।

बौद्ध धर्म र दर्शनको विकासमा सदैव ध्यान राख्नुपर्ने कुरा हो, बुद्धले जे–जति उपदेश गरेका थिए, उनका अनुयायीले त्यसैको आडमा विभिन्न निश्चित पक्षलाई पक्रेर आफ्नै पाराले अगाडि बढाएका हुन्। यसलाई सकारात्मक रूपमा लिनुपर्छ। यस क्रममा महायानी बौद्ध दर्शनको मात्रै विकास भएन, महायान दर्शन भित्रैबाट बज्रयानको पनि विकास भयो। तन्त्रमा जोड दिने बज्रयानको अभ्यासमा कतिपय आवरण तत्कालीन वैदिक समाजमा प्रचलित कर्मकाण्डहरूको अनुकरण जस्तो पनि देखिन्छ। जेहोस्, यज्ञ कर्मलाई भित्र्याउने काम भयो। यज्ञवेदी बनाउने लगायत बाह्य कुरा वैदिक ब्राह्मणले गर्नेसँग नै मेल खान्छ। भाव वा अर्थमा नभएर भाषालाई मात्रै हेर्दा संस्कृत भाषा नै हुँदा यसले अझ वैदिक यज्ञसँग सादृश्य राख्छ। तर पढिने मन्त्रहरूमा भने वैदिक देवीदेवताका ठाउँमा तथागत, बोधिसत्व, तारा लगायत बौद्ध पात्रहरूको उल्लेख हुने गर्छ।

बज्रयानी पुरोहितहरूलाई आफ्नो पूजाविधिमा वैदिक आवरण दिनु एउटा बाध्यता भएको तर्क गर्नेहरू छन्। वैदिकको जगजगी भएका बेला बौद्ध धर्म र संस्कृतिलाई जोगाउन वैदिक आवरण दिनु एउटा उपायकौशल्य रहेको मानिन्छ। त्यो स्थिति नभएको अवस्थामा सुधार गर्न सकिन्थ्यो, तर वैदिक ब्राह्मणकै दाँजोमा आफू रहेको तुजुक देखाउन उक्त आवरणलाई निरन्तरता दिइराख्नु बज्रयानी बौद्ध धर्मका अभ्यासीहरूको कमजोरी हो। अझ यज्ञमा बलि दिइने परम्परा छ भन्दै यजमानहरूलाई पशुको व्यवस्था गर्न लगाउनु वा अन्यत्रको देखासिकी गर्नेलाई रोक्न नसक्नु बज्रयानी परोहित वर्गको सबैभन्दा ठूलो कमजोरी हो। यस्तै कमजोरीलाई देखेर विकृत बौद्ध धर्म भन्ने बुझाइ रहन गएको कुरामा गम्भीर हुनुपर्छ। हाल नेपालमा थेरवादी बौद्ध धर्ममा आकर्षित बौद्धहरूमा बज्रयान पृष्ठभूमिकै संख्या बढी पाइन्छ। र, बज्रयानप्रति थेरवादीको तीखो व्यङ्ग्य वा आलोचनामा यिनै कुरा पर्छन्। वास्तवमा बज्रयान बौद्ध दर्शन थेरवादीहरूले आत्मसात गरिरहेको दर्शनकै उच्चतम् विकास तथा विस्तार हो, तर विकृतिलाई  संस्कृतिको रूपमा लिएर बसुन्जेल अर्थको अनर्थ हुन गइरहेको छ।







यसमा तपाईको मत

अन्य समाचार

जाडोका लागि सिजीको घरायसी सामग्री

जाडोका लागि सिजीको घरायसी सामग्री

इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले नजिकिँदो जाडोलाई लक्षित गरी विभिन्न किसिमका घरायसी सामग्री बजारमा ल्याएको छ । ...

मन जित्दै सिटिजन शुभारम्भ जीवनबिमा योजना

मन जित्दै सिटिजन शुभारम्भ जीवनबिमा योजना

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सञ्चालनमा ल्याएको सिटिजन शुभारम्भ जीवन बिमा योजनाले प्रचलनमा आएको केही दिनमै मन जित्न सफल भएको कम्पनीले...

सोल्टीमा पंजाबी फूड फेस्ट (भिडियो)

सोल्टीमा पंजाबी फूड फेस्ट (भिडियो)

फूड फेस्टिवलमा परम्परागत पंजाबी खाना सस्तो मूल्यमा शाकाहारी र मांसाहारी दुवै उपलब्ध छन् जुन सबै पंजाबको राजमार्ग ढाबाबाट प्रेरित छन्।

दमौलीमा खुल्यो जेसीबीको नयाँ आउटलेट

दमौलीमा खुल्यो जेसीबीको नयाँ आउटलेट

नेपालको लागि जेसीबी ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले तनहुँको दमौलीमा आफ्नो ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ)...

अब सुजुकीको ‘एस–प्रेसो’ नेपालमा (भिडियो )

अब सुजुकीको ‘एस–प्रेसो’ नेपालमा (भिडियो )

नेपालका लागि सुजुकी ‘फोर–ह्विलर’ तथा सिजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाली बजारमा बहुप्रतिक्षित मिनी एसयुभी ‘एस–प्रेसो’, ‘माई फस्र्ट एसयुभी’...

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

टिकटकको डाउनलोड संख्या १ अर्ब ५० करोड पुगेको छ! ...

“शिवम् कृति समारोह २०७६” सम्पन्न

“शिवम् कृति समारोह २०७६” सम्पन्न

शिवम् सिमेन्टस लि.ले “शिवम् कृति समारोह २०७६” भव्यरुपमा सम्पन्न गरेको छ । ...

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टले आइतबार टेलिभिजनको लागि कमर्सियल (विज्ञापन) को अवधारणाको प्रतियोगिता सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad