१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गणतन्त्रमाथि खतरा छ भने वर्तमान सरकारबाटै छः कोइराला

बुटवल– नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले मुलुक अति राष्ट्रवाद र उग्रराष्ट्रवादको चपेटामा परेको बताएका छन्। नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएशन प्रदेश नं ५ ले शुक्रबार बुटवलमा गरेको कार्यक्रममा बोल्दै कांग्रेस नेता कोइरालाले यस्तो बताएका हुन्।

‘गणतन्त्र र लोकतन्त्रमाथि खतरा छ भने त्यो वर्तमान सरकारबाटै रहेको र सरकारकै कारण मुलुक अतिराष्ट्रवाद र उग्रराष्ट्रवादमा परेको छ’ उनले भने। वाइडबडी प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालिन पर्यटनमन्त्री निर्दोष रहेको भनि दिएको अभिव्यक्ति स्मरण गर्दै भने ‘त्यतिबेलाका पर्यटनमन्त्री रवीन्द्र अधिकारी निर्दोष हुन् भने दोषि को हो? प्रधानमन्त्रीले भन्नु प-यो नि। कुन कसुरमा को दोषि र को निर्दोष हो भन्ने निर्णय गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको भन्दै उनले प्रधानमन्त्री ओली आफै अख्तियारको प्रमुख र प्रधानन्यायाधिस बन्न खोजे।’

नेता कोइरालाले न्यायालय, अख्तियार र मानव अधिकार आयोगमा समेत सरकारको छायाँ परेको र त्यो लोकतान्त्रिक पद्धतिका लागि नै खतरापुर्ण रहेको टिप्पणी गरे। पार्टीको प्रसंगमा नेता कोइरालाले कांग्रेस अब तदर्थवादबाट चल्न नसक्ने पनि बताए। पार्टीका भातृ संगठनहरुका तदर्थ समितिहरु गठन गर्न लागिएको तर्फ संकेत गर्दै उनले पार्टी तदर्थवादबाट चल्न नसक्ने बताएका हुन्। पार्टीमा कोही नेता कार्यकर्ताहरुलाई अन्याय भएको छ भने अब त्यसो हुन नदिने दृढता व्यक्त गरे। विचारको राजनीतिमा गुट उपगुट हुन सक्ने भन्दै उनले पदको बाँडफाँडकै लागि गरिने गुट उपगुट स्वीकार्य नहुने बताए।

यसैबीच नेपाली कांग्रेस बुटवल नगर समितिले शुक्रबारै बुवटलमा गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाइ पनि सम्बोधन गर्दै नेता कोइरालाले वर्तमान सरकार सर्बसत्तावाद हुँदै अधिनायकबादतर्फ उन्मुख भएको बताए। संविधानको मर्म बिपरित सरकारले मानवअधिकार, स्वतन्त्र प्रेश, राष्ट्रिय सुरक्षा सम्बन्धि बिधेयक तथा अन्य विधेयक तथा ऐन कानुन निर्माण गरीरहेको भन्दै नेता कोइरालाले सरकारका यस्ता कदमले संघियतालाइ नै धरापमा पारीरहेको टिपप्णी गरे।

प्रकाशित: १५ कार्तिक २०७६ १४:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App