१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

माथिल्लो त्रिशुली–१ मा जुट्यो ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी

काठमाडौं– माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनाका लागि आवश्यक  लगानी जुटेको छ। कोरियन कम्पनीले निर्माणको जिम्मेवारी लिएको सो जलविद्युत आयोजनाका लागि आवश्यक लगानी सम्बन्धि सम्झौतामा शुक्रबार काठमाडौंमा गरिएको हो।

उर्जा, जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुन र अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा काठमाडांैमा कम्पनी र लगानीकर्ता अन्तराष्ट्रिय बैंक तथा वित्तिय संस्थाहरुबीच सो जलविद्युत आयोजनाका लागि ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरिएको छ। बाँकि ३० प्रतिशत रकम भने ईक्विटीबाट जुटाइएको छ। जस अनुसार विश्व बैंक समूहको अन्तराष्ट्रिय वित्त निगमले १६ करोड १३ लाख, एशीयाली विकास बैंकले ६ करोड, एशीयाली पूर्वाधार लगानी बैंकले ३ करोड ९६ लाख, कोरियन आयात बैंकले १० करोड, कोरिया डेभलप्मेन्ट बैंकले ३ करोड अमेरिकी डलर सो आयोजनामा ऋण लगानी गर्नेछन्।

कार्यक्रममा बोल्दै उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले सो जलविद्युत आयोजनामा लगानी गर्ने सबै अन्तराष्ट्रिय बैंक तथा वित्तिय संस्थाहरुप्रति आभार व्यक्त गरे। त्यस अवसरमा उहाँले सरकारले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न अनुकूल वातावरण बनाएको पनि स्मरण गराए।

मन्त्री पुनले सरकारले उर्जा क्षेत्रको विकासका लागि बाह्य लगानी अनुकूलको नीतिगत, संरचनागत आधार पनि तय गर्दै गएको पनि बताए। निर्माण सुरु गरिएको ५ वर्षभित्र सम्पन्न गर्र्ने लक्ष्य लिइएको सो जलविद्युत आयोजनाबाट वार्षिक रुपमा १ अर्व ५३ करोड ३१ लाख युनिट उर्जा उत्पादन हुने पनि सम्झौंतामा उल्लेख गरिएको छ।

प्रकाशित: १५ कार्तिक २०७६ १३:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App