१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

घण्टादेखि सिन्धुलीमा आगलागी : अर्को वडामा पनि आगो फैलियो, दमकल पुग्न सकेन

चैत्र २६, २०७२- भावी प्रधानन्यायाधीश सिफारिस गर्न शुक्रबार बोलाइएको संवैधानिक परिषद बैठक बिना निर्णय स्थगित भएको छ ।

संवैधानिक परिषदका सदस्य प्रतिपक्षी दलका नेता एवं कांग्रेस सभापति सभापति शेरबहादुर देउवा पार्टीको संसदीय दलको कार्यसमितिको निर्वाचनका कारण देखाएर अनुपस्थित भएपछि बैठक बिना निर्णय टुंगिएको हो ।

प्रधानमन्त्री एवं परिषदका अध्यक्ष केपी ओलीले भावी प्रधानन्यायाधीश छान्न परिषदको अर्को बैठक आइतबार बोलाएको जानकारी कानुन तथा न्यायमन्त्री अग्नि खरेलले दिए । उमेर हदका कारण ६५ वर्ष पूरा गरी प्रधानन्यायाधीश कल्याण श्रेष्ठले आगामी वैशाख १ देखि लागू हुने गरी अनिवार्य अवकास पाउँदैछन् । वरिष्ठतम न्यायाधीश सुशीला कार्की भावी प्रधानन्यायाधीश हुन् ।

न्याय परिषदले संवैधानिक परिषदसमक्ष प्रधानन्यायाधीश बनाउन कार्कीको नाम सिफारिस गरेको छ ।संविधानअनुसार संवैधानिक परिषदले प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने र संसदीय सुनुवाइबाट अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्त गर्ने व्यवस्था छ

प्रकाशित: २६ चैत्र २०७२ ०६:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App