८ वैशाख २०८१ शनिबार
नागरिक खोज

आपूर्तिमन्त्रीलाई भेटेर वाइसिएलले भन्यो: गोपाल खड्कालाई कारबाही गर्नुस्

काठमाडौं- इन्धन भण्डारणको लागि जग्गा खरिदमा करिव डेढ अरब रुपैयाँ घोटलाको आरोप लागेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई  तत्काल निलम्बन गरि कानूनी कारबाही गर्न माग गर्दै योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) ले आपूर्तिमन्त्री शिवकुमार मण्डललाई ज्ञापनपत्र बुझाएको छ।

'सरकारी र सार्वजनिक संस्थानहरुमा समेत पछिल्लो समय दुबो झै मौलाएको भ्रष्टाचारप्रति हाम्रो संगठनको गम्भिर ध्यानाकर्षण भएको छ', ज्ञापनपत्रमा भनिएको छ, 'यसै सन्दर्भमा नेपाल आयल निगमका निर्णय र भ्रष्टाचारजन्य गतिविधि, निगमका महाप्रबन्धको स्वेच्छाचारी निर्णय प्रक्रिया, राष्ट्रिय समाचारहरुमा आएका तथ्य तथा आम नेपाली जनसमुदायले निगम प्रति उठाएका प्रश्नहरु जायज भएको निष्कर्षमा हाम्रो संगठन वाइसीएल नेपाल पुगेको छ।'

 नेपाल आयल निगमको जग्गा खरिद प्रकरण लगायत र यसअघिका अन्य निर्णयहरुमा समेत महाप्रबन्धक गोपाल खड्का प्रति वाइसिएलले गम्भिर आशंका व्यक्त गरेको छ। संगठनले खड्का सहित निर्णय प्रक्रियामा संलग्न सम्पूर्ण कर्मचारीहरुलाई तुरुन्त निलम्बन गरी कानुनी कारवाहीका लागी प्रकृया थाल्न आपूर्तिमन्त्रीलाई आग्रह गरेको छ।

 

प्रकाशित: १ आश्विन २०७४ ०९:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App