२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
मुख्य समाचार

आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्ने बाटोमा एमाअोवादी

काठमाडाैं-एमाले नेतृत्वको वर्तमान सरकार धरापमा परेको छ। प्रमुख सत्ता साझेदार एकीकृत नेकपा माअोवादीले सरकारको काम कारवाहीप्रति असन्तुष्टी दर्शाउँदै वर्तमान सरकारको विकल्प खोज्ने स्पष्ट बाटो समाएको छ। एमाअोवादी अध्यक्ष पुष्पकमल दाहालले एक विज्ञप्ति जारी गर्दै आफ्नै दलको नेतृत्वमा नेपाली कांग्रेसको सहमतिमा नयाँ सरकार गठन गर्ने प्रारम्भिक उद्घोष गरेका छन्।

'प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत हाम्रो पार्टीको नेतृत्वमा सरकार गठन गरी कार्यभार पूरा गर्न प्रस्तावसहित सहमति जनाएको' दाहालको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा अहिला सत्ता साझेदार दल नेकपा एमाले, राप्रपा नेपाल र जनअधिकार फोरम (लोकतान्त्रिक) लाई नयाँ सरकार निर्माणमा सघाउन आग्रह गरिएको छ।

'हाम्रो पार्टीको नेतृत्वमा सरकार गठन गरी साझा कार्यभार पूरा गर्ने प्रक्रियामा अघि बढ्न अपील गर्दछु।' एमाअोवादी अध्यक्ष दाहालको विज्ञप्तिमा छ।

प्रकाशित: २१ वैशाख २०७३ २३:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App