'दार्जिलिङको चिया २ सय ५० वर्ष पुरानो हो, नेपाली चिया ४२ वर्ष मात्रै,' हरियो नगदेबाली चियाको उद्योगलाई 'भर्जिन' भन्ने कारण खुलाउ“दै उनले भने, 'चियाका बुटा जति पुराना हुन्छन् त्यसबाट उत्पादन हुने पत्ती उत्तिकै गुणस्तरहीन हुन्छ, नेपाली चियाका बुटा कलिला हु“दा गुणस्तरको कमी छैन।' गुणस्तर राम्रो भए पनि अरु समस्याले चिया उद्योग डाँवाडोल बन्दैछ।
कलिलो उद्योगलाई सरोकारवालाले अझ समृद्ध पारेर धेरैभन्दा धेरै आम्दानी लिनुपर्नेमा उद्योगको सा“चो क्रमशः भारतीयका हातमा गइरहेको छ। किसान र मजदुरको पहु“चबाट कारखाना टाढि“दै जा“दा उद्योग धरासयी बन्दै गएको हो। कारखानाले पत्तीको मूल्य घटाइरहने र किसानले त्यसमा असन्तुष्टि जनाइरहने प्रवृत्ति झन् जटिल बन्न थालेको छ।
चिया उद्योगमा किसान, प्राविधिक र विकासे कार्यकर्ताका रुपमा कार्यरत ज्योतिको अनुभवमा समस्यै समस्याको जालोले कलिलैमा नेपाली चिया उद्योग संकटमा पर्न थालेको हो। हजारौंलाई रोजगारी र आम्दानी दि“दै सीमापारिको २ सय ५० वर्ष पुरानो चिया उद्योग विश्वव्यापीरुपमा चम्किइरहँदा ५० वर्ष नपुग्दै नेपाली उद्योग रुग्ण हुनुमा अनेकथरी कारण छन्।
'दार्जिलिङको बूढो बगानबाट न राम्रो क्वालिटीको चिया बन्छ न क्वान्टिटी नै धेरै हुन्छ, सबै कुरा प्रचार, हल्ला र विगतको ख्यातिले टिकेको छ,' उतैका बगान र कारखानाबाट अनुभवी बनेका उनले भने, 'त्यहा“को तुलनामा यताका बगानले मनग्गे उत्पादन दिन्छन्, क्वान्टिटी नि दोब्बरै हुन्छ।' यति हु“दाहु“दै भर्जिनिटी गुम्नुमा उनले सरकारको कमजोरी कारण देखाएका छन्।
दार्जिलिङ क्षेत्रमा सञ्चालित ७२ चिया उद्योग आधिकारिक निकायको 'ल एन्ड अर्डर'मा चलेको र जति उत्पादन भए पनि बिक्री वितरणमा समस्या नभएको अवस्था छ। त्यहाँको चिया भारतमा जस्तै युरोप, अमेरिकामा पनि रुचाइन्छ। यता, ठीक विपरीत छ। 'ल एन्ड अर्डर'मा चलाउन कसैले प्रयासै गरेको छैन भने उत्पादित चिया भारतमा पनि राम्ररी बिक्दैन।
'रासायनिक मल र विषादीले माटो बिग्रि“दा उता १० वर्षअघि अर्ग्यानिक रिभ्योलुसन सुरु भयो, प्रतिबन्ध लागेपछि सुफोस, थायडन र इथियनजस्ता विषादी कहिल्यै भित्रिएनन्,' ज्योतिले भने, 'हामीले त्यति बेलैदेखि उस्तै अर्ग्यानिक अभियान थाल्यौं तर धेरै किसानले रासायनिक मल र विषादी प्रयोग रोकेनन्।' उता, एउटै निर्देशन पर्याप्त हुने, यता हातै समात्नुपर्ने बाध्यता छ।
बोर्डका अनुसार, नौ हजार ८४ हेक्टर क्षेत्रफलमा फैलिएको नेपाली चिया उद्योगमा १८ हजार हाराहारी किसान आवद्ध छन्। त्यहाँ रोजगारी पाउने मजदुर र प्राविधिकको संख्या ठूलो छ। वार्षिक ८५ लाख किलो तयारी चिया उत्पादन हुने गरेको छ। इलाममै ठूलो लगानीका दुई दर्जन कारखाना खुलिसकेका छन्। नया“ थपिने क्रम जारी छ। बगानको क्षेत्रफल पनि बढ्दैछ।
'चियाको भर्जिन उद्योग जसरी विस्तार हुँदैछ यसभित्र व्याप्त समस्या निराकरणमा भने चासो दिइएको छैन,' ज्योति भन्छन्, 'पत्ती उत्पादन गर्ने किसान, त्यो टिप्ने मजदुर, प्रशोधन गर्ने कारखाना र बिक्री गर्ने उद्यमीका आ–आफ्नै समस्या छन्, जुन उद्योग नहुँदै सुरु भएर अहिलेसम्मै जारी छन्।' बोर्डको भूमिका कमजोर हुँदा धेरै समस्या निम्तिएको उनको आरोप छ।
मकै र खुर्सानी रोप्ने दुई/चार गह्रा बारी बा“की राखेर चिया रोपेका किसान अहिले पछुताउने स्थितिमा पुग्नुलाई उनले सरकारको कमजोरी भनेका छन्। उत्पादनमा आवश्यक सबैखाले सामग्रीको मूल्य अकासिँदा हरियो पत्तीको मूल्य घटेर यसपल्ट प्रतिकिलो ३० रुपैया“मा सीमित हुनुलाई कारखानाको एकाधिकारले निम्त्याएको जटिल समस्या भन्छन्।
दार्जिलिङबाटै भित्रिएका 'तक्दा ७८', 'गुम्ती', 'एभी २' र 'बेनेकवोन' जातका चियाले पूर्वी पहाडका जिल्ला जसरी 'समृद्ध, हरियाली र विकसित' देखिन्छन्, त्यसलाई उनी आधा भ्रम ठान्छन्। उत्पादित चियामध्ये ९० प्रतिशत भारत निकासी भइरहँदा भारतीयले नै चिया उद्योगमा एकाधिकार जमाउन थालेपछि किसानको समस्या थप जटिल बन्ने ज्योतिको दाबी छ।
प्रकाशित: २० असार २०७१ २०:५८ शुक्रबार





