८ वैशाख २०८१ शनिबार
अन्तर्वार्ता

संघीयताको मर्ममा प्रहार गर्ने प्रयास भएको छ : तिलक परियार

प्रदेश नम्बर २ का प्रदेश प्रमुख तिलक परियार पदमुक्त भएका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १६५ (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुख परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। उनको ठाउँमा राजेश झालाई नियुक्त गरिएको छ।

प्रतिनिधिसभा भंग पछि बदलिएको राजनीतिक परिस्थितिमा प्रदेश प्रमुखलाई हटाइनुलाई अर्थपूर्णरुपमा हेरिएको छ। पद मुक्त भएपछि नागरिक न्यूजसँग कुरा गर्दै परियारले यो संघीयतामाथिको प्रहार भएको बताएका छन्। अहिलेको अवस्थामा यसो गरिनु 'कु' कै प्रयास भएको उनको बुझाई छ।  

तपाईलाई प्रदेश प्रमुखबाट अकस्मात हटाउने निर्णय भएछ ?

प्रधानमन्त्रीले प्रतिनिधिसभा नै अकस्मातरुपमा भंग गर्ने सिफारिस गर्नु भयो। उहाँले यस्तै अकस्मात काम गर्नुहुन्छ। मन्त्रिपरिषदको सिफारिसमा संविधानको धारा १६५ (१) राष्ट्रपतिबाट पदमुक्त गरिएको पत्र पाएको छु।

संघीयता संस्थागत हुँदै गर्दा प्रदेश प्रमुख परिवर्तन भइराख्नुलाई कसरी हेर्नुभएको छ?

यस्ता गतिविधिले संघीयताको मर्ममाथि नै प्रहार प्रयास भएको जस्तो लागेको छ।  

प्रदेश प्रमुखको भूमिका निष्पक्ष नदेखिएर पो हो कि ?

प्रदेश प्रमुखले निभाउनु पर्ने भूमिकामा कुनै कमि छैन। तटस्थता, निष्पक्षताको भूमिकामा हामी छौं। राजनीतिमा कतै पनि नखुल्ने भूमिकामै थियौं। तर प्रधानमन्त्रीले आफ्नै मान्छे नियुक्त गर्ने उदेश्यले 'कू' गरे जस्तो लाग्छ।

प्रदेशतर्फ 'ट्रायल' गर्न लागिएको हो कि ?

त्यस्तो हुन पनि सक्छ। आफ्नै मानिसलाई जागिर खुवाउन प्रवृत्ति पनि बढेको छ। राजनीतिक पूर्वाग्रहका कारण यस्तो गरियो।

 

 

प्रकाशित: ७ फाल्गुन २०७७ ११:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App