९ चैत्र २०८२ सोमबार
image/svg+xml
अन्तर्वार्ता

‘राजावादी गतिविधिलाई असंवैधानिक भन्नु गलत’

नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले राजावादीका गतिविधिलाई असंवैधानिक भन्नु गलत हुने बताएका छन्। ‘नागरिक फ्रन्टलाइन’ का लागि बुधबार नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलसँग प्रत्यक्ष कुराकानी गर्दै रिमालले यस्तो धारणा राखेका हुन्। ‘उहाँहरूले एउटा विचारको बहुमत निर्माण गर्ने काम गर्न पाउनुहुन्छ, त्यसलाई रोक्न पाइँदैन। यसलाई संविधान विरोधी गतिविधि भनेको मलाई मन पर्दैन,’ रिजालले भने।

उनले राजावादी संविधान संशोधन गर्न पाइने विषयभन्दा बाहिर नरहेको पनि बताए। बिपी कोइरालाले पञ्चायतकालीन अदालतमा भनेको कुरा सम्झिँदै रिजालले राजावादीका गतिविधिलाई संविधानले छुट दिँदैन भन्न नमिल्ने बताए।

‘बिपी कोइरालाको पार्टीको मान्छे भएकाले संविधान संशोधन गर्न पाउने विषयमा कसैले संविधान यहाँसम्म संशोधन गर्छु भन्ने विचार अगाडि लिएर जान्छ भने त्यसलाई बोल्न पाइँदैन, मुख थुन्छु, बन्द गर्छु, संविधानले दिँदैन भन्ने कुरामा मचाहिँ सहमत हुन सक्दिनँ,’ रिजालले भने।

प्रकाशित: १२ असार २०८२ १०:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App