coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्वार्ता

पञ्चकोशी एकपटक आउनैपर्ने तीर्थस्थल

कर्णाली विशेष

भरतप्रसाद रिजाल, मेयर, दुल्लु नगरपालिका

पर्यटकीय क्षेत्रको विकासमा पालिकाको भूमिका र कार्ययोजना कस्तो छ?

नगरपालिका क्षेत्रमा रहेका धार्मिक, सांस्कृतिक र पुरातात्विक रूपले महत्वपूर्ण सम्पदाहरूको संरक्षणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र यस नगरपालिकाको साझेदारीमा पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास कार्यक्रम सञ्चालन भई पञ्चकोशी क्षेत्रका सबै स्थानहरूमा विभिन्न संरचनाहरू निर्माण कार्य अगाडि बढाइएको छ।

आन्तरिक तथा बाह्य पर्यटकहरूको सेवाका लागि पौवा र नाभिस्थानमा पर्यटन सूचना केन्द्रको स्थापना तथा सञ्चालन भएको छ भने पादुकामा खुल्ला मूर्ति संग्रहालय निर्माणका लागि कार्य अगाडि बढाइएको छ। पञ्चकोशी क्षेत्रलाई नेपाल पर्यटन बोर्डको गन्तव्य सूचीमा सूचीकृतका लागि आवश्यक पहल प्रक्रिया अगाडि बढाइएको छ।

यस क्षेत्रको महत्वपूर्ण अमूर्त सम्पदाका रूपमा रहेको पञ्चकोशी क्षेत्रको विकास, संरक्षण र प्रचारप्रसारका लागि नेपाल पर्यटन बोर्डको गन्तव्य सूचीमा सूचीकृत गर्नुका साथै नेपाल सरकार समक्ष पञ्चकोशी विकास कोषको स्थापनाका लागि पहल गर्ने योजना रहेको छ।

पालिकाभित्र भए गरेका हालसम्मका मुख्य प्रगतिहरू केके हुन्?

न्युन शुल्कमा प्राविधिक शिक्षा अध्ययनका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को साझेदारीमा यस नगरपालिकाले कर्णाली प्रदेशमा पहिलो पटक पञ्चकोशी बहु प्राविधिक शिक्षालयको स्थापना गरी डिप्लोमा तहका ४ वटा शैक्षिक कार्यक्रम सञ्चालन भइरहेको छ, जसमा प्रत्येक वडाका ४ जनाका दरले दुल्लु नगरपालिकाका १३ जना विद्यार्थीलाई नगर प्रमुख छात्रवृत्ति कार्यक्रममार्फत निःशुल्क अध्यापन गराइरहेको छ।

स्नातक तहमा प्राविधिक शिक्षा अध्ययनका लागि कृषि तथा वन विज्ञान विश्व विद्यालयको आंगिक कलेज प्राकृतिक स्रोत व्यवस्थापन कलेज सञ्चालन भइरहेको छ। संस्कृत शिक्षाको विकासका लागि पञ्चकोशी वेद विद्याश्रम नाभिस्थान विद्यालयको माध्यमिक तहसम्मको कक्षा सञ्चालन भइरहेको छ। कक्षा १ देखि नै प्राविधिक र जीवन उपयोगी शिक्षा प्रदान गर्ने उद्देश्यका साथ पढ्दै कमाउँदै/सिक, रमाऊ अनि कमाऊ) विद्यालयका रूपमा नरेश्वर उद्यमशील विद्यालयको सञ्चालन गरिएको छ।

दुल्लु नगरपालिका वडा नं. ६ मा दुल्लु इन्जिनियरिङ कलेज स्थापना गर्न निःशुल्क जग्गा प्राप्तिका लागि जग्गादाताहरूले मञ्जुरीनामा दिइसक्नुका साथै पूर्वाधार निर्माणका लागि ठेक्का प्रक्रिया अगाडि बढाइएको छ। दुल्लु क्षेत्रमा ठुलो समस्याका रूपमा रहेको खानेपानीको व्यवस्थापनका लागि २ वटा ठुला खानेपानी आयोजनाहरू कर्णाली कोटाथाल लिफ्ट खानेपानी योजनाहरू रहेका छन्। अन्य सरकारी तथा गैरसरकारी संघ संस्थासँगको साझेदारीमा करिब ५० वटा खानेपानीका ससाना आयोजनाहरू सञ्चालन भइरहेका छन्।

नेपाल सरकार, कर्णाली प्रदेश सरकार र निक साइमन संस्थासँग समन्वय र सहयोगमा दुल्लु अस्पतालमा नर्मल अप्रेसनसहितको सेवा प्रदान गरिएको छ। दुल्लु क्षेत्रमा प्रदेश र संघीय सरकारमार्फत सञ्चालन भएका २ वटा मुख्य सडकहरू तल्लो डुङ्गेश्वर दुल्लु पीपलकोट सडक र माथिल्लो डुङ्गेश्वर बैंक ब्याउली सडकको कालोपत्रे गर्ने कार्यका लागि आवश्यक पहल गर्नुका साथै केही स्थानमा सडक कालोपत्रे भएको छ र अन्य बाँकी स्थानमा कालोपत्रे कार्यका लागि बहु वर्षे ठेक्का भई निर्माण कार्य अगाडि बढाइएको छ।

विद्युतीकरण गर्न बाँकी रहेका बस्तीहरूको विद्युतीकरणका लागि चालु आवमा आवश्यक बजेट विनियोजन गरी नेपाल विद्युत् प्राधिकरणको साझेदारीमा विद्युतीकरणको कार्य अगाडि बढाइएको छ। नगरपालिकाका भित्री सडकहरूको स्तरउन्नतिका लागि नगरपालिकाले आफ्नै रोलर खरिद गरी भित्री सडकहरूको स्तरोन्नतिको कार्य अगाडि बढाइएको छ।

शिक्षामा गुणस्तर कायम गर्नका लागि विद्यार्थीको संख्याको आधारमा विद्यालयको तह मिलान र दरबन्दी मिलाउन गर्ने कार्य अगाडि बढाइएको छ। स्वास्थ्यमा सबैको पहुँचका लागि सबै स्वास्थ्य संस्थामा २४ औं घण्टा डेलिभरी सेवा प्रदान गर्नुका साथै मासिक रूपमा ४ वटा स्वास्थ्य संस्थाबाट ग्रामीण अल्टासाउन्टको कार्य भइरहेको छ। दुल्लु नगरपालिकाभन्दा बाहिर प्रसूतिका लागि जाने रिफर भई जाने बिरामीहरूका लागि एम्बुलेन्स सेवा निःशुल्क गरिएको छ। 

प्रकाशित: ३० चैत्र २०७९ ०५:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App