४ चैत्र २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

लारिजानी हत्याको बदला लिन्छौंः इरान

इरानका सेना प्रमुख अमीर हातामीले इजरायली आक्रमणमा मारिएका अली लारिजानीको हत्याको निर्णायक बदला लिने बताएका छन्।

उनले इरानका सुरक्षा प्रमुख अली लारिजानी सँगै अन्यहरुको बदला लिने जनाएका हुन्।

हातामीले भने, ‘सही समयमा अमेरिका र जियोनिस्ट शासनलाई निर्णायक जवाफ दिनेछौं, उनीहरूलाई आफ्नो कर्मप्रति पछुतो होस्।’

यसअघि इजरायली आक्रमणमा लारिजानी र उनका छोराको मृत्यु भएको इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आइआरजीसी)ले यसको पुष्टि गरेको थियो।

त्यसपछि इरानले पनि इजरायली राजधानी तेल अभिभमा रहेका १०० भन्दा बढी स्थलहरूमा क्षेप्यास्त्र आक्रमण गरेको आइआरजीसले जनाएको छ।

प्रकाशित: ४ चैत्र २०८२ ०९:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App