२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मोदीको भ्रमणअघि मणिपुरमा हिंसा भड्कियो, स्वागतका लागि राखेको ब्यानर च्याते

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मणिपुर भ्रमणअघि राज्यमा फेरि हिंसा भड्किएको छ। बिहीबार राति चुराचन्दपुरमा मोदीको स्वागतका लागि राखेको पोस्टर, ब्यानर च्यात्नुका साथै ब्यारिकेड भत्काएर आगजनी गरिएको हो।

यो घटना चुराचन्दपुर प्रहरी चौकीबाट करिब ५ किलोमिटर टाढा पिसोनामुन गाउँमा भएको छ। प्रहरीले दंगाकारीलाई धपाएको छ। लाठीचार्ज पनि भएको छ। तर कति जना घाइते भए भन्ने जानकारी प्राप्त भएको छैन।

समाचार एजेन्सी पीटीआईले अधिकारीलाई उद्धृत गर्दै भनेको छ, ‘मोदीले सेप्टेम्बर १३ मा मणिपुर भ्रमण गर्नेछन्। ८ हजार ५०० करोड रुपैयाँ (भारु) को उपहार दिनेछन्।’ मोदीले चुराचन्दपुरको शान्ति मैदानबाट ७ हजार ३०० करोड रुपैयाँ (भारु) को परियोजनाको शिलान्यास गर्नेछन्। यो क्षेत्रमा कुकी समुदायको बाहुल्य छ। साथै उनले मेइती बहुल क्षेत्र इम्फालबाट १ हजार २०० करोड रुपैयाँ ९भारु० को परियोजनाको उद्घाटन गर्नेछन्।

मणिपुर हिंसापछि मोदीको यो पहिलो मणिपुर भ्रमण हो। मणिपुरमा मे २०२३ मा मेइती र कुकी समुदायबिच जातीय हिंसा सुरु भएको थियो। यो हिंसामा हालसम्म २६० भन्दा बढीको मृत्यु भएको छ भने हजारौं घरबारविहीन भएका छन्। फेब्रुअरी १३ देखि मणिपुरमा राष्ट्रपति शासन लगाइएकको छ। 

प्रकाशित: २७ भाद्र २०८२ ०९:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App