१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकाले युद्धजस्तो अवस्था सिर्जना गरिरहेको भेनेजुएलाका राष्ट्रपतिको आरोप

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकालाई ‘युद्धलाई बढावा’ दिएको आरोप लगाएका छन्।

अमेरिकाले क्यारिबियन क्षेत्रतर्फ विश्वको सबैभन्दा ठूलो युद्धपोत पठाएको बेला उनले यो बयान दिएका हुन्। सोहीकारण त्यस क्षेत्रमा सैन्य तनाव अझ बढेको छ।

अमेरिकी रक्षामन्त्री पिट हेगसेथले शुक्रबार ९० वटा विमान बोक्न सक्ने युएसएस जेराल्ड आर फोर्ड विमानवाहक जहाजलाई भूमध्यसागरबाट क्यारिबियनमा तैनाथ गर्न आदेश दिएका छन्।

‘उनीहरूले नयाँ युद्ध सिर्जना गरिरहेका छन्। उनीहरूले फेरि कहिल्यै युद्धमा संलग्न नहुने वाचा गरेका थिए, तर उनीहरूले एउटा युद्ध सिर्जना गरिरहेका छन्,’ राष्ट्रपति निकोलस मादुरोले राज्य सञ्चालित सञ्चारमाध्यमसँग भने।

अमेरिकाले हालैका दिनहरूमा क्यारिबियन क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाइरहेको छ।

उसले उक्त क्षेत्रमा युद्धपोत, आणविक पनडुब्बी र एफ–३५ लडाकु विमानहरू तैनाथ गरेको छ। अमेरिकाले यो कारबाही लागूऔषध तस्करीलाई लक्षित गर्ने उद्देश्यले गरिएको बताएको छ। एजेन्सी

प्रकाशित: ८ कार्तिक २०८२ ०८:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App