२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकाले भन्यो : रुसमाथि दबाब दिन भारतमाथि आर्थिक प्रतिबन्ध लगायौँ

अमेरिकी ह्वाइट हाउसकी प्रेस सचिव कैरोलीन लीविटले मंगलबार राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि दबाब दिन भारतमाथि आर्थिक प्रतिबन्ध लगाएको बताएकी छन्।

यसअघि ट्रम्प प्रशासनले रुसबाट तेल खरिद गरेकोमा भारतविरुद्ध गरिएको आर्थिक कारबाहीलाई जरिवाना वा ट्यारिफको रूपमा वर्णन गर्दै आएको थियो।

ट्रम्पले भारतमाथि ५० वटा कर लगाउने निर्णय गरेका छन्। यसमा २५ प्रतिशत पारस्परिक अर्थात् टिट फर ट्याट ट्यारिफ र रूसबाट तेल खरिद गर्दा २५ प्रतिशत जरिवाना समावेश छ। पारस्परिक कर ७ अगस्टदेखि लागू भएको छ भने जरिवाना २७ अगस्टदेखि लागू हुनेछ।

प्रकाशित: ४ भाद्र २०८२ ०९:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App