प्यालेस्टिनी प्राधिकरणका राष्ट्रपति महमूद अब्बास अर्को महिना न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभाको बैठकमा भाग लिन नपाउने भएका छन्।
अमेरिकी विदेश विभागले उनको र अन्य ८० प्यालेस्टिनी अधिकारीको भिसा रद्द गरेको पुष्टि गरेको छ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले उनलाई ‘शान्ति प्रयासलाई कमजोर बनाएको’ र ‘युटोपियन प्यालेस्टिनी राज्यको एकतर्फी मान्यता’ खोजेको आरोप लगाएका छन्।
इजरायलले अमेरिकाको यो निर्णयको स्वागत गरेको छ।
संयुक्त राष्ट्रसंघको मुख्यालयमा आउने सबै देशका अधिकारीको यात्रालाई अमेरिकाले सामान्यतया सहज बनाउने अपेक्षा गरिएकाले यो कदमलाई असामान्य मानिएको छ।
संयुक्त राष्ट्रसंघको सत्रमा प्यालेस्टाइनलाई स्वतन्त्र देशको रूपमा मान्यता दिलाउन फ्रान्सले अन्तर्राष्ट्रिय प्रयासको नेतृत्व गरिरहेको बेला यो प्रतिबन्ध लगाइएको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारले फ्रान्सको यो कदमको विरोध गरिरहेको छ। एजेन्सी
प्रकाशित: १४ भाद्र २०८२ ०८:२५ शनिबार





