२७ श्रावण २०८३ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

युक्रेन– रुस आक्रमण : चार जनाको मृत्यु

रूस र युक्रेनको ड्रोन आक्रमणबाट एक बालकसहित चार जनाको मृत्यु भएको छ।

युक्रेनको आक्रमणबाट दक्षिणी रूसमा आठ वर्षीय बालकसहित दुई जनाको मृत्यु भएको क्षेत्रीय गभर्नर भेन्यामिन कोन्ड्रातयेभले बताए।

युक्रेनले पछिल्लो समय देशभरका नागरिकहरूलाई मार्न बाध्य पारेको भन्दै प्रतिशोधको रूपमा रूसमाथि आफ्नो आक्रमण बढाएको छ।

रूसको पर्यटकिय क्षेत्र क्रास्नोडारमा ‘सयौं’ युक्रेनी ड्रोनको ब्यारेज प्रहार गरिएको क्षेत्रीय गभर्नर कोन्ड्रातयेभले बताए।

नोवोरोसिस्कमा एक आठ वर्षीय बालकको मृत्यु भएको पुष्टि गर्दै उनले आठ जना घाइतेहरुलाई अस्पतालमा भर्ना गरिएको बताए। 

ड्रोन आक्रमणले बन्दरगाह सहरका २१ भवनहरूमा क्षति पुगेको जनाउँदै उनले सामाजिक सञ्जालमा प्रशारित तस्बिरहरूले भवन तथा कारहरू जलेको देखाएको बताए।

भोल्ना गाउँको एक निजी घरको बगैँचामा ड्रोनको भग्नावशेष खस्दा अर्का व्यक्तिको मृत्यु भएको जनाइएको छ।

कालो सागरको तटमा रहेको रिसोर्ट सहर जेलेन्डजिकमा पनि युक्रेनी आक्रमणका कारण दुई जना घाइते भएको जनाइएको छ।

आफ्नो क्षेत्र र कालो सागरमा रातारात ५०२ युक्रेनी ड्रोनहरू खसालेको रूसी रक्षा मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ।

यसैबिच युक्रेनको वायु सेनाले मस्कोले मिसाइल र १३८ ड्रोनले आक्रमण गरेको रिपोर्ट गरेको छ।

दक्षिणी युक्रेनको अग्रडी सहर खेरसनमा भएको रूसी ड्रोनको आक्रमणबाट दुई जनाको ज्यान लिएको सहर प्रमुखले बताए।

प्रकाशित: २७ श्रावण २०८३ १५:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App