बेलायत र क्यानडाका नागरिकहरूले मंगलबारदेखि बिनाभिसा ३० दिनसम्म मुख्य भूमि चीनको यात्रा गर्न सक्ने भएका छन्।
चीनको विदेश मन्त्रालयले पर्यटन, व्यवसाय, परिवार/साथीभाइ भ्रमण, आदानप्रदान वा ट्रान्जिटका लागि भिसा–मुक्त प्रवेश अनुमति दिइने बताएको छ। यो नीति डिसेम्बर ३१, २०२६ सम्म लागू हुनेछ।
यो सुविधा हालैका उच्चस्तरीय भ्रमणहरूपछि आएको हो। बेलायतका प्रधानमन्त्री केअर स्टार्मर र क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले जनवरी २०२६ मा चीन भ्रमण गरेका थिए। उनीहरूले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गरी यात्रा नियमहरू खुकुलो पार्ने सहमति गरेका थिए।
यद्यपि आलोचकहरूले बेइजिङसँग सम्बन्ध सुधार्न मानव अधिकार र राष्ट्रिय सुरक्षा चिन्ताहरूलाई बेवास्ता गरेको आरोप लगाइरहेका छन्।
आइतबार चीनको विदेश मन्त्रालयले यो योजनाले ‘चीन र अन्य देशहरू बीच जनता–जनताको आदानप्रदानलाई अझ सहज बनाउने’ बताएको छ।
प्रकाशित: ४ फाल्गुन २०८२ १०:०२ सोमबार





