८ कार्तिक २०८३ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकाको फ्लोरिडामा फुटबल स्टेडियमनजिक गो*ली चल्यो, ६ बालबालिकासहित १२ जना घाइते

अमेरिकाको फ्लोरिडा राज्यको टलाहासीमा शनिबार राति फुटबल स्टेडियमनजिक गोली चल्दा १२ जना घाइते भएका छन्।

प्रहरीका अनुसार घाइतेमध्ये ६ जना बालबालिका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ भने नौ जनाको अवस्था स्थिर रहेको बताइएको छ। घटनामा संलग्न भएको आरोपमा हालसम्म कसैलाई पक्राउ गरिएको छैन।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार गोली चल्नुअघि त्यहाँ विद्यार्थीहरूबीच झगडा भएको थियो। फुटबल खेल सकिएपछि उक्त क्षेत्रमा मानिसहरूको भीड लागेको थियो।

प्रकाशित: ८ कार्तिक २०८३ १३:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App