१२ वैशाख २०८३ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भूकम्पपछि जापानको तटमा सुनामी चेतावनी

तस्बिर: रोएटर्स

जापानको उत्तर–पूर्वी तट नजिक आएको शक्तिशाली भूकम्पपछि अर्को अझ ठूलो सुनामी आउन सक्ने चेतावनी दिइएको छ, जहाँ विभिन्न स्तरका सतर्कता अपनाइएको छ।

सोमबार समुद्रमा आएको करिब ७.५ म्याग्निच्युडको भूकम्पपछि जापान मौसम विज्ञान एजेन्सीले सुनामी चेतावनी जारी गरेको हो। भूकम्प समुद्रको सतहबाट करिब १० किलोमिटर गहिराइमा केन्द्रित रहेको बताइएको छ।

जापान मौसम विज्ञान एजेन्सीका अनुसार सुनामी चेतावनी तीन तहमा विभाजन गरिएको हुन्छ। सबैभन्दा उच्च तहको “मेजर सुनामी वार्निङ” ठूलो र अत्यन्त खतरनाक लहरका लागि जारी गरिन्छ। जसमा करिब ५ देखि १० मिटरसम्मका लहर आउने सम्भावना हुन्छ। यस्तो अवस्थामा व्यापक क्षति हुन सक्ने भएकाले उच्च सतर्कता अपनाइन्छ।

दोस्रो तहको “सुनामी वार्निङ” १ देखि ३ मिटर उचाइका लहर अपेक्षित हुँदा जारी गरिन्छ। यो पनि जोखिमपूर्ण भएकाले प्रभावित क्षेत्रमा रहेका मानिसहरूलाई तुरुन्त सुरक्षित स्थानतर्फ सर्न भनिन्छ।  

सबैभन्दा तल्लो तहको “सुनामी एडभाइजरी” १ मिटरभन्दा कम उचाइका लहरका लागि दिइन्छ। यद्यपि यो तुलनात्मक रूपमा कम जोखिमपूर्ण भए पनि समुद्र र तटीय क्षेत्र छाड्न सल्लाह दिइन्छ।  

अधिकारीहरूले चेतावनी जारी भएका क्षेत्रका बासिन्दालाई समुद्रकिनार र नदी आसपासका स्थान तुरुन्त छोडेर उचाइ भएका सुरक्षित स्थान वा निर्दिष्ट आश्रयस्थलमा जान आग्रह गरेका छन्।

प्रकाशित: ७ वैशाख २०८३ १६:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App