अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङले फोनमार्फत कुराकानी गरेका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा यसबारे जानकारी गराएका हुन्।
‘मैले भर्खरै चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको सार्थक कुराकानी गरेँ। हामीले व्यापार, फेन्टानिल, रुस-युक्रेन युद्ध अन्त्य गर्ने आवश्यकता र टिकटक सम्झौताको अनुमोदनसहित धेरै महत्त्वपूर्ण मुद्दाहरूमा प्रगति गरेका छौँ,’ ट्रम्पले लेखेका छन्।
‘म राष्ट्रपति सीसँग दक्षिण कोरियामा हुने एपेक शिखर सम्मेलनमा भेट्ने कुरामा पनि सहमत छु। म अर्को वर्षको सुरुमा चीनको भ्रमण गर्नेछु, र राष्ट्रपति सीले उपयुक्त समयमा संयुक्त राज्य अमेरिकाको पनि भ्रमण गर्नेछन्। यो राम्रो कुराकानी थियो। हामी फेरि फोनमा कुरा गर्नेछौँ। टिकटकलाई अनुमोदन गरेकोमा धन्यवाद, र हामी दुवै एपेकमा भेट्न तत्पर छौँ।’
चीनले जारी गरेको विज्ञप्तिमा राष्ट्रपति सीले वार्तामा चीन र अमेरिकाले सँगै प्रगति गर्न र विश्वमा शान्ति ल्याउन सक्ने कुरामा जोड दिएका थिए। तर त्यसका लागि पारस्परिक सम्मान र सहयोग आवश्यक छ। विज्ञप्तिमा भनिएको छ, ‘उनले (सी) ले अमेरिकाले एकपक्षीय व्यापार प्रतिबन्धबाट बच्नुपर्छ र टिकटकको निष्पक्ष समाधानलाई प्रवर्द्धन गर्नुपर्छ।’ एजेन्सी
प्रकाशित: ४ आश्विन २०८२ ०७:२७ शनिबार

