इरानसँग धेरै मुद्दाहरूमा जारी तनावका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको भ्रमण गर्ने भएका छन्।
चीनको विदेश मन्त्रालयले ट्रम्पले मे १३ देखि १५ सम्म चीनको राजकीय भ्रमण गर्ने पुष्टि गरेको छ।
यो लगभग नौ वर्षमा अमेरिकी राष्ट्रपतिको पहिलो चीन भ्रमण हुनेछ। ट्रम्पको भ्रमण सुरुमा मार्चमा तय गरिएको थियो तर मध्यपूर्वमा जारी तनावका कारण स्थगित गरिएको थियो।
यस भ्रमणका क्रममा ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्ने छन् र मध्यपूर्वमा जारी तनाव र स्ट्रेट अफ होर्मुज मुद्दामा छलफल हुने सम्भावना छ।
हालै इरानी विदेशमन्त्री अब्बास अराघचीले पनि चीनको भ्रमण गरेका थिए।
यसअघि चीनले होर्मुज जलमार्ग विश्वको एक धेरै महत्वपूर्ण व्यापार मार्ग भएको र यसलाई अवरुद्ध गर्नु सही निर्णय नभएको बताएको थियो।
प्रकाशित: २८ वैशाख २०८३ ०९:५३ सोमबार





