अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानले बग्राम एयरबेस अमेरिकालाई नदिए गम्भीर परिणाम भोग्ने धम्की दिएका छन्।
‘यदि अफगानिस्तानले बग्राम एयर बेस यसको निर्माता, संयुक्त राज्य अमेरिकालाई फिर्ता गरेन भने यो धेरै नराम्रो हुनेछ,’ ट्रम्पले ट्रुथ सोशलमा लेखेका छन्।
यसअघि पनि ट्रम्पले बग्राम एयरबेस कब्जा गर्ने इच्छा व्यक्त गरेका थिए।
हालै, बेलायत भ्रमणको क्रममा, ट्रम्पले भने कि उनको सरकार अफगानिस्तानमा रहेको बग्राम एयरबेस फिर्ता लिन प्रयास गरिरहेको बताएका थिए।
उनको बयानमा तालिबानले जवाफ दिँदै भनेको थियो, ‘इतिहास साक्षी छ कि हाम्रो भूमिमा विदेशी शक्तिहरूलाई कहिल्यै स्वीकार गरिएको छैन।’ एजेन्सी
प्रकाशित: ५ आश्विन २०८२ ०७:४५ आइतबार

