१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्प भन्छन् : अमेरिका-चीन व्यापार सम्झौता सम्पन्न, हस्ताक्षर हुन बाँकी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको व्यापार सम्झौता पूरा भएको तर हस्ताक्षर हुन बाँकी रहेको बताएका छन्।

दक्षिण कोरियाबाट संयुक्त राज्य अमेरिका जाँदै गरेको विमानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले यो जानकारी दिएका हुन्। उनले चीनमाथिको १० प्रतिशत भन्सार कर घटाइएको पनि घोषणा गरे। बदलामा चिनियाँ राष्ट्रपति सी जिनपिङले संयुक्त राज्य अमेरिकाबाट ठूलो मात्रामा भटमास खरिद गर्न सहमत भएका छन्।

ट्रम्पले भने, 'मैले चीनमा फेन्टानिलको लागि २० प्रतिशत कर लगाएको थिएँ, जुन धेरै उच्च थियो। तर मैले अब यसलाई १० प्रतिशत मा घटाएको छु। यो तुरुन्तै लागू हुनेछ।'

बिहीबार दक्षिण कोरियाको बुसानमा दुई जनाले १०० मिनेट लामो भेटवार्ता गरेका थिए। व्यस्त तालिकाका कारण बुसान विमानस्थलमा भेटवार्ता भएको थियो।

ट्रम्प र जिनपिङ ६ वर्षपछि भेटे

ट्रम्प र सी जिनपिङ छ वर्षपछि भेटेका थिए। अन्तिम पटक उनीहरू २०१९ मा भेटेका थिए। बिहीबारको बैठकअघि ट्रम्पले आज चीनसँग व्यापार सम्झौतामा हस्ताक्षर हुन सक्ने बताएका थिए।

भेटघाटका क्रममा ट्रम्प र सी जिनपिङले हात मिलाएर एकअर्कालाई अभिवादन गरे। ट्रम्पले भने कि उनीहरूको भेटघाट धेरै सफल हुनेमा उनलाई कुनै शंका छैन।

उनी थप्छन्, 'सी (चिनियाँ राष्ट्रपति) एकदमै कडा वार्ताकार हुनुहुन्छ, जुन राम्रो होइन। हामी एकअर्कालाई राम्ररी चिन्छौं।'

प्रकाशित: १३ कार्तिक २०८२ १२:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App