२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पले भने : रुस-युक्रेनले जमिन साट्नुपर्छ, तब मात्र युद्ध समाप्त हुन्छ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार जर्मन राजधानी बर्लिनमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपेली नेताहरूसँगको भर्चुअल बैठकमा सामेल भए। बैठकको उद्देश्य रूस-युक्रेन युद्ध अन्त्य गर्ने तरिकाहरू खोज्नु थियो।

बैठकमा ट्रम्पले भने कि यो युद्ध अन्त्य गर्न दुवै पक्षले जमिन साटासाट गर्नुपर्ने हुन सक्छ। यसबारे युरोपेली नेताहरूले अगस्ट १५ मा रुसी राष्ट्रपति पुटिनसँगको भेटमा ट्रम्पलाई युक्रेनलाई हानि पुर्‍याउने कुनै पनि सम्झौतामा पुग्नु हुँदैन भनेर विश्वस्त पार्ने प्रयास गरे।

जेलेन्स्कीले बैठकमा भने कि पुटिनले धोका दिइरहेका छन्। उनी पश्चिमी देशहरूले लगाएको प्रतिबन्धको आफूमाथि कुनै प्रभाव पर्दैन र प्रभावकारी छैनन् भनी बहाना गरिरहेका छन्।

यसपछि पत्रकार सम्मेलनमा डोनबास क्षेत्रको भूमि रुसलाई हस्तान्तरण गर्ने प्रश्नमा जेलेन्स्कीले स्पष्ट रूपमा भने, 'उनीहरूले आफ्नो भूमि छोडिरहेका छैनन्। पहिले युद्धविराम हुनुपर्छ र त्यसपछि सुरक्षा ग्यारेन्टी दिनुपर्छ।'

जेलेन्स्कीले अगाडि भने, 'युक्रेनको सहमति बिना युक्रेनको भूमिको बारेमा कुनै पनि निर्णय लिन सकिँदैन। मेरो अडान परिवर्तन हुने छैन।' एक दिन अघि पनि उनले आफ्नो देशको भूमि छोड्ने अधिकार नभएको बताएका थिए।

उनले थप भने, 'पहिले युद्धविराम हुनुपर्छ, त्यसपछि बलियो सुरक्षा ग्यारेन्टी दिनुपर्छ। युरोप वा नेटोमा सामेल हुने युक्रेनको सम्भावनालाई भिटो गर्ने अधिकार रुसलाई हुनु हुँदैन।'

जेलेन्स्कीले पुटिन शान्ति नचाहने र उनी युक्रेन कब्जा गर्न चाहने बताए। पुटिनले कसैलाई पनि मूर्ख बनाउन नसक्ने उनको भनाइ छ।

युरोप र युक्रेनलाई डर छ कि ट्रम्प र भ्लादिमिर पुटिनबीच यस्तो सम्झौता हुन सक्छ कि रूसले युक्रेनको लगभग पाँचौं भाग प्राप्त गर्न सक्छ। यस बैठकमा फिनल्याण्ड, फ्रान्स, बेलायत, इटाली, पोल्याण्ड, युरोपेली संघका नेताहरू र नाटो महासचिव मार्क रुट पनि उपस्थित थिए।

युरोपेली नेताहरूसँगको भेटपछि ट्रम्पले पत्रकार सम्मेलन गरे। जसमा ट्रम्पलाई सोधिएको थियो कि के उनी पुटिनलाई युक्रेनमा सर्वसाधारणमाथि आक्रमण रोक्न मनाउन सक्छन्। जसमा उनले भनेका थिए, 'सायद होइन, किनकि मैले यो पहिले पनि भनेको छु म यो युद्ध अन्त्य गर्न चाहन्छु। यो बाइडेनको युद्ध हो, तर म यसलाई अन्त्य गर्न पाउँदा गर्व गर्ने छु, जसरी मैले पछिल्लो छ महिनामा पाँचवटा युद्ध समाप्त गरें।'

ट्रम्पले चेतावनी पनि दिए कि यदि पुटिन युद्ध रोक्न सहमत भएनन् भने रूसले खतरनाक परिणाम भोग्नुपर्नेछ।

प्रकाशित: २९ श्रावण २०८२ ०८:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App