अमेरिकी उपराष्ट्रपति जेडी भान्सले एक अन्तर्वार्तामा भारतमाथि लगाइएको करबारे बोलेका छन्। उनले भारतमाथि थप भन्सार लगाएर रूसमाथि आर्थिक दबाब परेको बताएका हुन्।
‘राष्ट्रपतिले बलियो आर्थिक दबाब दिएका छन्, उदाहरणका लागि, रूसलाई आफ्नो तेल व्यवसायबाट धनी हुनबाट रोक्न भारतमा दोस्रो शुल्क लगाएर,’ जेडी भान्सले एनबीसी न्यूजसँग भने।
उनले भने, ‘उनले (राष्ट्रपति ट्रम्प) ले स्पष्ट पारेका छन् कि यदि रूसले हत्या र युद्ध बन्द गर्छ भने, यसलाई विश्वव्यापी अर्थतन्त्रमा पुन: एकीकृत गर्न सकिन्छ।’
जेडी भान्सले थपे, ‘तर यदि रूसले यो रोकेन भने उसले अलग्गै बस्नुपर्छ। राष्ट्रपति ट्रम्पले यो युद्ध रोक्न रूसमाथि धेरै आर्थिक दबाब दिएका छन्, जति बाइडेनले तीन वर्षमा गर्न सकेनन्।’
यसै महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि २५ प्रतिशत कर लगाएका थिए।
युक्रेनविरुद्धको युद्धमा रूसबाट तेल र हतियार खरिद गरेर सहयोग गरेको भन्दै उनले भारतमाथि थप २५ प्रतिशत जरिवाना शुल्क लगाए। यो नयाँ शुल्क २७ अगस्टदेखि लागू हुनेछ।
प्रकाशित: ९ भाद्र २०८२ १०:१३ सोमबार

