१ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

तीन दिने भ्रमण सकेर चीनबाट फर्किए ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीन दिने चीन भ्रमणबाट फर्किएका छन्।

राष्ट्रपति ट्रम्पले शुक्रबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग अन्तिम चरणको वार्ता गरे। यो भेट चीनको शीर्ष नेतृत्वको लागि सबैभन्दा सुरक्षित र गोप्य शक्ति केन्द्र मानिने बेइजिङको झोङनानहाई कम्प्लेक्समा भएको थियो।

बैठकपछि ट्रम्पले चीनसँग उत्कृष्ट व्यापार सम्झौता भएको घोषणा गरे। उनले यी सम्झौताहरूले संयुक्त राज्य अमेरिका र चीन दुवैलाई फाइदा पुर्‍याउने बताए। ट्रम्पले भने, ‘हामीले केही उत्कृष्ट सम्झौताहरू गरेका छौं जुन दुवै देशका लागि राम्रो छन्।’ 

प्रस्थान गर्दा ट्रम्पलाई बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा गार्ड अफ अनर दिइएको थियो। चिनियाँ विदेशमन्त्री वाङ यी उनीसँगै विमानस्थल पुगेका थिए।

चीन भ्रमणको समापनपछि ट्रम्पलाई बेइजिङ विमानस्थलमा विशेष बिदाई दिइएको थियो। स्कूलका बालबालिकाहरूले एयर फोर्स वन नजिकै अमेरिकी र चिनियाँ झण्डा फहराए।

प्रकाशित: १ जेष्ठ २०८३ १४:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App