१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

एकले अर्काको तारिफ गर्दै सकियो ट्रम्प-ममदानी भेट : दुवैका कट्टर समर्थक स्तब्ध

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ह्वाइट हाउसमा न्यूयोर्कका नवनिर्वाचित मेयर जोहरान ममदानीसँग भेट गरेका छन्। ममदानी तिनै व्यक्ति हुन् जसलाई ट्रम्पले चुनावअघि ‘सय प्रतिशत कम्युनिस्ट पागल’, ‘पूर्ण रूपमा पागल’ र आफ्नो ‘सबैभन्दा खराब दुःस्वप्न’ भनेका थिए।

तर शुक्रबारको भेट अपेक्षाविपरीत निकै न्यानो र मैत्रीपूर्ण रह्यो। दुवै नेताले विगतका कटु आलोचना बिर्सेर न्यूयोर्कलाई कसरी सस्तो बनाउने, अपराध घटाउने र जीवनयापनको खर्च कम गर्ने साझा लक्ष्यमा केन्द्रित रहेको थियो। 

‘मलाई लाग्छ उनले धेरै रूढिवादीहरूलाई आश्चर्यमा पार्नेछन्,’ ट्रम्पले ममदानीको प्रशंसा गर्दै भने, ‘हामी उनलाई मद्दत गर्नेछौँ, न्यूयोर्कलाई बलियो र सुरक्षित बनाउन।’

ममदानीले जवाफमा भने, ‘राष्ट्रपतिसँग धेरै असहमति छन्। तर न्यूयोर्कवासीको सेवा गर्ने उद्देश्य साझा छ।’

पत्रकारहरूले ममदानीलाई ट्रम्पलाई ‘फासीवादी’ र ‘तानाशाह’ भनेका पुराना अभिव्यक्ति सम्झाउँदा ट्रम्पले नै बिचमै हस्तक्षेप गरेर उनको पक्ष लिए। ‘मलाई तानाशाहभन्दा धेरै खराब भनिएको छ, मलाई आपत्ति छैन,’ ट्रम्पले हाँस्दै भने।

चर्को प्रश्न आएपछि ट्रम्पले फेरि भने, ‘ठीक छ, तपाईं हो भन्न सक्नुहुन्छ, सजिलो छ।’

पहिले ममदानीलाई पक्राउ गर्ने धम्की र न्यूयोर्कको संघीय कोष कटौती गर्ने चेतावनी दिने ट्रम्पले यो पटक भने, ‘हामी मिलेर काम गर्नेछौँ, कोष कटौतीको अवस्था आउन दिन्नौँ।’

दुवैले सहरमा आवासको मूल्य घटाउने र महँगी नियन्त्रण गर्ने विषयमा सहमति जनाए। ट्रम्पले त ममदानीका केही विचार ‘मेरै जस्तै’ भएको स्वीकार गरेका छन्। 

यो असामान्य मित्रता देखेर ट्रम्पका कट्टर रिपब्लिकन समर्थक र ममदानीका वामपन्थी समर्थक दुवै पक्ष स्तब्ध बनेका छन्। एजेन्सी 

प्रकाशित: ६ मंसिर २०८२ ०९:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App