२३ माघ २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सिड्नी स्वीनीको विज्ञापन देखेर मख्ख ट्रम्प !

हलिउड अभिनेत्री सिड्नी स्वीनी आधिकारिक रिपब्लिकन भएको थाहा पाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार सकारात्मक प्रतिक्रिया जनाउँदै उनको भाइरल अमेरिकन इगल विज्ञापन अभियान ‘शानदार’ भएको बताएका छन्।

‘उनी आधिकारिक रिपब्लिकन हुन्?’ ट्रम्पले उनको राजनीतिक सम्बद्धताबारे पत्रकारको प्रश्नको जवाफमा भने, ‘अब मलाई उनको विज्ञापन मन पर्छ।’

उनले थपे, ‘कति जना रिपब्लिकन छन् भनेर तपाईं छक्क पर्नुहुन्छ। यो मलाई थाहा थिएन। तर म खुसी छु कि तपाईंले यो बताउनुभयो। यदि सिड्नी स्वीनी आधिकारिक रिपब्लिकन हुन् भने उनको विज्ञापन उत्कृष्ट छ।’

‘युफोरिया’ अभिनेत्रीको मतदाता नामवली विवादास्पद अमेरिकी इगल जिन्स अभियानको आलोचनाको बेला बाहिर आएको हो। 

यस हप्ताको सुरुमा अमेरिकन इगलले अभिनेत्री स्वीनीसँगको पछिल्लो अभियान ‘सिड्नी स्वीनी ह्याज ग्रेट जीन्स’ शीर्षकको सार्वजनिक गरेको थियो। सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रियाहरू आएका छन्।

ब्रान्डको इन्स्टाग्राममा पोस्ट गरिएको प्रोमो भिडियोमा २७ वर्षीया सिड्नीले आफ्नो र ‘सिड्नी स्वीनी ह्याज ग्रेट जीन्स’ ट्यागलाइन भएको बिलबोर्डतिर हिँडिन्। स्वीनीले ‘जीन्स’ लाई काटेर ‘जीन्स’ ले बदलिन् र हिँड्नु अघि त्यहाँबाट गइन्।

शुक्रबार उपराष्ट्रपति जेडी भान्सले सिड्नी स्वीनीलाई प्रस्तुत गरिएको अमेरिकन इगल विज्ञापन अभियानको जथाभावी प्रतिक्रियाको खण्डन गर्दै रमाइलो प्रतिकृया दिएका थिए।

‘डेमोक्र्याटहरूलाई मेरो सल्लाह भनेको सिड्नी स्वीनीलाई आकर्षक ठान्ने सबैलाई नाजी भन्नु हो। त्यो उनीहरूको वास्तविक रणनीति जस्तो देखिन्छ,’ भान्सले शुक्रबार ‘रथलेस’ पोडकास्टमा ठट्टा गर्दै भनेका थिए। एजेन्सी

प्रकाशित: १९ श्रावण २०८२ १३:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App